प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण अनलाइनमार्फत लिन सकिने, यसरी दिनुस् अनलाइन आवेदन

Technology Khabar १२ भाद्र २०७८, शनिबार

प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण अनलाइनमार्फत लिन सकिने, यसरी दिनुस् अनलाइन आवेदन

काठमाडौं ।

परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभागले आईतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणीकरण अनलाइनबाटै गर्ने भएको छ। विदेश जानका लागि आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण भदौ १३ गते आईतबारदेखि अनलाइनबाटै हुने विभागले जानकारी दिएको हो।

गत जेठ १६ गतेको परराष्ट्र मन्त्रीस्तरिय निर्णयअनुरुप विभागले यो सेवालाई जेठ २० गतेबाट नै अनलाइन प्रविधिमा लगेपनि यसलाई आईतवारदेखि मात्र पूर्णरुपमा कार्यान्वयन गरिने भएको हो।

दैनिक २ हजारभन्दा बढी सेवाग्राहीको भीड लाग्ने गरेको विभागमा भीड कम गर्ने उद्देश्यले पहिलो चरणमा प्रहरी प्रतिवेदनको प्रमाणीकरण गर्ने काम अनलाइनबाट गर्न लागिएको हो ।

यो व्यवस्थामा प्रहरी कार्यालयले जारी गरेको प्रमाणपत्रको दर्ता नम्बर अनलाइन प्रणालीमा राख्ने बित्तिकै आफैं अपलोड हुने र प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै बुझ्न सकिने छ।

सबैभन्दा पहिले अनलाइनमार्फत प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्नका लागि कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np वा https://att.nepalconsular.gov.np मा गएर अनलाइन एप्लिकेसन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गरेर अनलाइन आवेदन भर्नुपर्नेछ।

भरिएको फारम स्वीकृत भएपछि सेवाग्राहीले आफ्नो मोबाइलमा एसएमएसमार्फत फारम स्वीकृत भएको जानकारी पाउनेछन् । त्यसपछि फेरी सोही वेबसाइटमा पहिले फाराम भरिएकै स्थानमा जानुपर्नेछ।

सो वेबसाइटमा अब अनलाइनबाट प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि आवेदन दिन क्लिक गर्नुस् ।

त्यसपछि अनलाइन पेमेन्टमा क्लिक गरि एसएमएसमा प्राप्त भएको रिफ्रेन्स नम्बर र आफ्नो मोबाइल नम्बर राखेर कनेक्ट आइपीएसमार्फत वा अन्य कुनै डिजिटल वालेट वा भौचर प्रिन्ट गरी ग्लोबल आइएमइ बैंकको कुनै पनि शाखाबाट राजश्व दाखिला गर्नुपर्नेछ।

राजस्व दाखिला गरेको भौचर वा प्रहरी प्रतिवेदन रंगीन प्रतिसहित बिहान १० देखि २ बजेसम्म आफैँ वा आफैँले निवेदनमा तोकेको व्यक्ति उपस्थित हुनुपर्नेछ।

कागजात लिन जाँदा नागरिकताको प्रमाणपत्र वा फोटोसहितको परिचय खुल्ने कागजात सहित विभागमा जानुपर्नेछ।

एकजना व्यक्तिले पाँच जनासम्मको कागजात लिइदिन सक्ने जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १२ भाद्र २०७८, शनिबार

ताजा समाचार