८ जीबी र्याम भएको भिभो वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, यस्तो छ फोनको फिचर

Technology Khabar ९ भाद्र २०७८, बुधबार

८ जीबी र्याम भएको भिभो वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, यस्तो छ फोनको फिचर

भिभोले नेपाली बजारमा वाई ५३ एस स्मार्टफोन सार्वजनिक गरेको छ। यसमा ६४ मेगापिक्सेल रियर क्यामरा छ। वाई५३ एस स्मार्टफोनमा ८ जीबी र ३ जीबी एक्स्टेन्डेड र्याम समावेश भएकोले मल्टिपल एप्स प्रयोग गर्दा स्मूथ एक्स्पेरिएन्स पाउन सकिने छ।

३३ वाट फ्लास चार्ज सपोर्ट रहेको फोनमा ५ हजार एमएएच क्षमताको व्याट्री राखिएको छ। भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले आफ्ना ग्राहकहरुको जीवनस्तरसँग सुहाउँदो, उच्चगुणस्तरको विश्वप्रसिद्ध उत्पादन बजारमा ल्याउन पाएकोमा गौरबको अनुभव भएको बताए।

वाई ५३ एस स्मार्टफोनमा ६४ मेगापिक्सेल रियर क्यामरा, २ मेगापिक्सेल बोके क्यामरा र २ मेगापिक्सेल म्याक्रो क्यामरा समावेश गरिएको छ। यसमा आइ अटोफोकस प्रविधिसहित यसको सफ्टवेयर र हार्डवेयरको क्षमताले सफा र स्तरीय, फोटो र भिडियो तयार गर्दछ।

फेज डिटेक्सन अटोफोकस प्रविधि समेत यसमा राखिएको छ। यसमा भएको सुपर नाईट सेल्फीले रातको समयमा पनि उच्चस्तरीय फोटो लिन सकिन्छ।

वाई ५३ एसमा इलेक्ट्रोनिक इमेज स्टाबलाइजेसनको प्रयोग गरि अल्ट्रा-स्टेबल भिडियो फिचर समावेश गरिएको छ। जसले भिडियो खिच्दा अल्ट्रा-स्टेबल आउटपुट प्रदान गर्दछ। यसको मल्टि स्टाइल पोट्रेट फिचरले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न सकिन्छ।

यसमा १२८ जीबी रोम छ भने यसको रोमलाई १ टिबीसम्म बढाउन सकिन्छ। यो फोनको मूल्य नेपालमा ३४ हजार ९९९ रूपैयाँ तोकिएको जनाएको छ।

TK Viber

प्रकाशित: ९ भाद्र २०७८, बुधबार

Loading...