चिनियाँ टेक कम्पनी ह्वावेले अब अमेरिकाबाट अटो चिप खरिद गर्न पाउने

Technology Khabar ९ भाद्र २०७८, बुधबार

चिनियाँ टेक कम्पनी ह्वावेले अब अमेरिकाबाट अटो चिप खरिद गर्न पाउने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले अर्बौं डलर बराबरको अटो चिप तथा अन्य पार्टपुर्जा किन्नका लागि मागेको इजाजत अमेरिकी अधिकारीहरुले अनुमोदन गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले यो तथ्यसँग निकट स्रोतको हवाला दिँदै उल्लेख गरे अनुसार यो इजाजत गत वर्ष ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएपछिको पहिलो ठूलो अनुमति हो।

बाइडेन प्रशासन आएपछि पनि पुरानै प्रतिबन्धलाई कायम राख्दै आफ्ना देशका उत्पादकहरुलाई ह्वावेको फाइभजी डिभाइसमा प्रयोग गर्नका लागि चिप निर्यात गर्ने इजाजत दिन रोकिरहेको छ।

तर पछिल्ला केही महिना यता यो इजाजतको प्रक्रियासँग सम्बद्ध केही विशेष व्यक्तिहरुले रोयटर्सलाई बताएअनुसार अमेरिकाले अटो क्षेत्रमा प्रयोग हुने भिडियो स्क्रीन तथा सेन्सरहरु निर्यात गर्न आफ्ना देशका उत्पादकहरुलाई इजाजत दिएको हो।

यो इजाजत ह्वावेले अमेरिकाले सुरक्षा दृष्टिकोणले जोखिमयुक्त नमानेका पार्टपुर्जा र सामग्रीतिर आफ्नो व्यवसायलाई मोडेपछि आएको हो।

अटो चिपहरुलाई त्यति उच्चस्तरको नमानिने हुनाले यस्ता सामग्रीमा प्रतिबन्ध खुकुलो हुन सक्छ।

अमेरिकाले ह्वावेलाई फाइभजीका लागि अन्य अवयव प्रयोग भएका सवारीका लागि प्रयोग हुनेगरी अटो चिपको इजाजत दिन लागेको इजाजतको अनुमोदनसँग सम्बद्ध एक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

यूएस डिपार्टमेन्ट अफ कमर्सका प्रवक्ताले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिमा आँच आउने गरी कमोडिटी, सफ्टवयर तथा प्रविधिमा पहुँच नदिनका लागि सरकारले इजाजत नीतिलाई निरन्तरता दिने बताएका छन्।

यस विषयमा ह्वावेका एक प्रवक्ताले भने, ‘हामी आफूलाई इन्टेलिजेन्ट कनेक्टेड भेहिकलका लागि नयाँ कम्पोनेन्ट प्रोभाइडरका रुपमा खडा गरिरहेका छौं। हाम्रो उद्देश्य कार निर्माताहरुलाई अझ अब्बल सवारी निर्माणमा सहयोग गर्नु हो।’

ह्वावेका रोटेटिङ चेयरम्यान एरिक शुले स्मार्ट भेहिकल अपरेटिङ सिस्टम ‘ह्वावे इन्साइड’ उपलब्ध गराउन गत वर्ष कम्पनीले बीएआईसीलगायत तीन ओटा सरकारी स्वामित्वका कम्पनीसँग साझेदारी गरेको जानकारी दिए।

ह्वावेले ५० खर्ब डलर अटोमोटिभ क्षेत्रमा लगानी गर्ने योजना बनाएको र यो इजाजत शुरुवात मात्रै रहेको सप्लाइ फ्रेम नामक वैश्विक इलेक्ट्रोनिक्स कन्सल्टेन्सीका मुख बजार अधिकृत रिचार्ड बेनेटले बताए।

‘कार तथा ट्रक अब कम्प्युटर सिस्टममा चल्नेछन्’, बेनेटले भने, ‘यो कन्भर्जेन्सले नै यो क्षेत्रको ठूलो खेलाडी बन्ने ह्वावेको रणनीतिक लक्ष्यतर्फ डोर्याउने कसी हो।’

easy care

प्रकाशित: ९ भाद्र २०७८, बुधबार