ह्वावेद्वारा टीपीएम २.० युक्त मेटबुक बी सिरिज चीनमा सार्वजनिक

Technology Khabar ९ भाद्र २०७८, बुधबार

ह्वावेद्वारा टीपीएम २.० युक्त मेटबुक बी सिरिज चीनमा सार्वजनिक

चिनियाँ टेक जायन्ट ह्वावेले हालै मेटबुक बी सिरिजका नोटबुकहरु चीनमा सार्वजनिक गरेको छ।

व्यापार क्षेत्रका उपभोक्तालाई लक्षित गरेर ल्याइएका यी नयाँ ल्यापटपका मोडलमा मेटबुक बी३, मेटबुक बी५ र मेटबुक बी७ रहेका र यी सबैमा टीपीएम २.० सेक्युरिटी रहेको कम्पनीले जनाएको छ।

यस्ता छन् तीन औटै नोटबुकका विवरण

मेटबुक बी७

मेटबुक बी७ मा १३.९ इन्चको ३के रेजोल्युशनयुक्त डिस्प्ले रहेको छ भने ११औं जेनेरेशन इन्टेल कोर प्रोसेसर आई७-११६५जी७ र राखिएको छ। यसले ह्वावे स्मार्टफोनमा एउटा की थिचेको भरमा डाटा ट्रान्सफर हुने प्रविधि सपोर्ट गर्ने जनाइएको छ।

मेटबुक बी५

यो मोडलमा १४ इन्चको २के रेजोल्युशनयुक्त डिस्प्लेका साथमा बी७ मा झैं ११औं जेनेरेशन इन्टेल कोर आई७-११६५जी७ राखिएको छ। यसमा १६ जीबी र्याम तथा ५१२ जीबी एसएसडी स्टोरेज दिइएको छ।

मेटबुक बी३

यो मोडलमा १५.६ इन्चको फुल एचडी आईपीएस एलसीडी डिस्प्ले तथा बी७ र बी५ मा भएजस्तै ११औं जेनेरेशन इन्टेल कोर आई७-११६५जी७ दिइएको छ।

योसँगै कम्पनीले मेटस्टेशन बी५१५ मोडलको पर्सनल कम्प्युटर पनि सार्वजनिक गरेको छ जसमा ७ एनएम प्रोसेसमा बनेको ८ कोर एएमडी रेजेन प्रोसेसर राखिएको छ भने यो कम्पनीको के१५० वायर्ड कीबोर्डसहित आउने बताइएको छ।

TK Viber

प्रकाशित: ९ भाद्र २०७८, बुधबार

Loading...