पश्चिमी यूरोपको पर्सनल कम्प्युटर बजारमा दोस्रो त्रैमासमा ३ प्रतिशतको वृद्धि: रिपोर्ट

Technology Khabar ९ भाद्र २०७८, बुधबार

पश्चिमी यूरोपको पर्सनल कम्प्युटर बजारमा दोस्रो त्रैमासमा ३ प्रतिशतको वृद्धि: रिपोर्ट

काठमाडौं ।

अनुसन्धान संस्था क्यानालिसिसका अनुसार यो वर्षको दोस्रो त्रैमासमा पश्चिम यूरोपको पर्सनल कम्प्युटर बजारमा ३ प्रतिशतले वृद्धि भएको छ।

कोभिड १९ महामारीका कारण अधिकांश शैक्षिक तथा कार्यालयका काम घरबाट हुने हुनाले विश्वभर नै डिभाइसहरुको माग बढ्दै गएको सन्दर्भमा प्राविधिक क्षेत्रलाई निकै उर्जा मिलेको छ।

क्यानालिसिसको रिपोर्ट अनुसार पश्चिम यूरोपका बजारमा डेस्कटप, नोटबुक तथा वर्क स्टेशनको अत्यधिक मागका बावजूद बिक्री भने घटेको देखिएको छ।

यसअघिको त्रैमासको तुलनामा पर्सनल कम्प्युटरको बिक्रीमा केवल ३ प्रतिशतको वृद्धि हुनुमा कोभिड १९ को प्रतिबन्ध मुख्य कारण रहेको आकलन गरिएको छ।

गत वर्षको दोस्रो त्रैमासमा सन् २०१९ को दोस्रो त्रैमासको तुलनामा ३९ प्रतिशतले वृद्धि भएको थियो। विश्व बजारमा चिपलगायतका पार्टपुर्जाको अभाव नभएको चए यो वर्षको दोस्रो त्रैमासमा वार्षिक ३ प्रतिशतको वृद्धिको आँकडा बढ्ने विश्लेषकहरुको बुझाइ छ।

यो अवधिमा यस क्षेत्रमा १ करोड ५० लाख थान पर्सनल कम्प्युटर बिक्री भएका र लेनोभोले २७ प्रतिशत, एचपीले २४ प्रतिशत, डेलले १४ प्रतिशत तथा एप्पलले ९ प्रतिशत बजार हिस्सा ओगटेका तथ्याङ्कले देखाएको छ।

Global Bank
easy care

प्रकाशित: ९ भाद्र २०७८, बुधबार

ताजा समाचार