रकेट ल्याबको मार्स मिसनलाई नासाले दियो इजाजत

Technology Khabar ९ भाद्र २०७८, बुधबार

रकेट ल्याबको मार्स मिसनलाई नासाले दियो इजाजत
Global IME Bank

काठमाडौं ।

रकेट ल्याबको मार्स मिसन अर्थात् मंगल ग्रह परियोजनालाई नासाले अनुमोदन गरेको छ।

यो फोटोन मिसनमा दुई ओटा स्याटेलाइट रहनेछन्। परियोजनामा कम्पनीको फोटोन अन्तरिक्षयान  प्रयोग गरिने र यदि सबै कुरा योजनामुताबिक भएमा सन् २०२४ मा दुवै यान मंगल ग्रहको चुम्बकीय क्षेत्रको अध्ययनका लागि उडान भर्नेछन्।

इस्केप एन्ड प्लाज्मा एक्सलरेशन एन्ड डाइनामिक्स एक्सप्लोरर्स, इस्केपेड नाम दिइएको यो मिसन सन् २०१९ मा साना स्याटेलाइट विज्ञान कार्यक्रमका लागि प्रस्ताव गरिएको र फाइनलिस्टका रुपमा छानिएको थियो।

यूसी बर्कलीका अनुसन्धाताहरुले यो मिसनको विज्ञानको पाटोमा महत्वपूर्ण जिम्मेवारी लिइरहेको बुझिएको छ।

यी स्याटेलाइटहरु १८० केजीभन्दा कम ताैलका हुनेछन् र यिनीहरुले स्वतन्त्ररुपमा यो विज्ञान मिसनको काम गर्नेछन्।

यो मिसनको आधिकारिक घोषणाअघि केही अवधारणाहरु आएकामा इस्केपेडले की डिसिजन प्वाइन्ट ३ पारित गरेर अवधारणाबाट यथार्थमा जान लागेको बताइएको छ।

यसमार्फत् रकेट ल्याबको मुख्य उद्देश्य भनेको थुप्रै अन्तरिक्ष पारखीहरुलाई केही तयारी डिजाइन प्रदान गर्नु हो। यस अन्तर्गत अर्बिटल कार्यदेखि लिएर अन्तरग्रह विज्ञान मिसनलगायत रहनेछन्।

रकेट ल्याबले आफ्नो इलेक्ट्रोन रकेटमा नभइ नासाले उपलब्ध गराएको व्यावसायिक लन्च भेहिकलमा राखेर स्याटेलाइट पठाउनेछ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ९ भाद्र २०७८, बुधबार