वातावरण जोगाऔं र स्वच्छ सास फेरौं भन्दै रोटरी ईन्टरनेशनलको वृक्षारोपण

Technology Khabar ९ भाद्र २०७८, बुधबार

वातावरण जोगाऔं र स्वच्छ सास फेरौं भन्दै रोटरी ईन्टरनेशनलको वृक्षारोपण

काठमाडौं ।

वातावरण जोगाऔं र स्वच्छ सास फेरौं भन्ने नाराका साथ रोटरी ईन्टरनेशनलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त वृक्षारोपण कार्यक्रममा ललितपुर महानगरपालिकाको समेत संलग्नता रहेको थियो ।

रोटरी ईन्टरनेशनलले गर्ने सेवाको सात प्रमुख क्षेत्र मध्ये वातावरण पनि प्रमुख क्षेत्र रहेको छ र यस अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ का निवर्तमान डिस्ट्रिक्ट गभर्नररोटेरीयन राजीव पोख्रेल तथा ललितपुर महानगरपालिका वडा नं २५ को वडा अध्यक्ष विष्णु कुमार कार्कीको प्रमुख आतिथ्यमा रोटरी ई-क्लब अफ डिस्ट्रिक्ट ३२९२ नेपाल, रोटरी क्लब अफ जाउलाखेल मन्जुश्री र रोटरी क्लब अफ सैंबु भैंसेपाटीको संयुक्त आयोजनामा भदौ ५ गते, शनिवार ललितपुरको भैंसेपाटी स्थित सल्लाघारीमा रोटरी क्लब अफ त्रिपुरेश्वर, ग्रीन भ्याली ग्रीन नेपाल र ललितपुर महानगरपालिका, वडा नं २५ को प्रमुख सहयोगमा करिब २५० वटा बिरुवाहरु रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।

वृक्षारोपण कार्यक्रममा उपरोक्त क्लब र संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साथै, रोटरी ई(क्लब अफ डिस्ट्रिक्ट ३२९२ नेपालले वातावरण जोगाऔं र स्वच्छ सास फेरौं (Cycling for Environment) भन्ने नाराका साथ् बिहान पुल्चोक देखि सिकाली, खोकना हुँदै भैसेपाटी सम्म साईक्लिङ कार्यक्रमको पनि आयोजना गरिएको जनाएको छ।

easy care

प्रकाशित: ९ भाद्र २०७८, बुधबार