फेसबुकले मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचर ल्याउने

Technology Khabar ८ भाद्र २०७८, मंगलवार

फेसबुकले मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचर ल्याउने

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकले केही यूजरहरुलाई मुख्य एपमार्फत् परीक्षणका रुपमा भ्वाइस तथा भिडियो कल गर्ने सुविधा उपलब्ध गराउने भएको छ।

यसको मुख्य उद्देश्य मेसेन्जर एप नखोली पनि यूजरले भ्वाइस तथा भिडियो कल गर्न सकुन् भन्ने हो।

सामाजिक सञ्जाल जायन्ट फेसबुकले थुप्रै वर्षअघि मेसेन्जरलाई मुख्य एपबाट छुट्याइसकेको छ। यसको मतलब यूजरले अबको फिचरमार्फत् मेसेज तथ कल गर्नका लागि अर्को छुट्टै एप डाउनलोड गर्नुपर्ने हुन्छ।

फेसबुकले आफ्ना फरक एपहरुबीच एक आपसमा मेसेज गर्न मिल्ने बनाउने कोशिसमा लागिपरेकोमा गत वर्षको सेप्टेम्बरमा इन्स्टाग्राम र फेसबुकमा यसलाई इनेबल गरेको थियो।

यसबाट यूजरले एउटा एपबाट अर्को एपमा भएकाहरुलाई अर्को एप डाउनलो८ नगरी कन्ट्याक्ट खोज्न ताथ मेसेज र कल गर्न सक्षम बनायो।

कम्पनीले कालान्तरमा ह्वाट्सएपलाई पनि यो मिश्रणमा समावेश गराउने योजनामा रहेको बुझिएको छ।

तर फेसबुकका प्रवक्ताले गत सोमबार पूरा फिचरयसुक्त मेसेजिङ, अडियाव तथा भिडियो कलको अनुभवका लागि यूजरले मेसेन्जर नै चलाउनुपर्ने बताएका छन्।

easy care

प्रकाशित: ८ भाद्र २०७८, मंगलवार