पिक्सेल ४ए फाइभजी र ५ को निरन्तरता छिट्टै बन्द गरिने गुगलको घोषणा

Technology Khabar ६ भाद्र २०७८, आईतवार

पिक्सेल ४ए फाइभजी र ५ को निरन्तरता छिट्टै बन्द गरिने गुगलको घोषणा

काठमाडौं ।

गुगलले आफ्ना पिक्सेल ४ए फाइभजी तथा ५ केही समयपछि निरन्तरता दिन बन्द गर्ने बताएको छ।

यसअघिका मोडलहरु बिना कुनै जानकारी नै उत्पादन बन्द गरेको कम्पनीले पिक्सेल ४ए फाइभजी तथा ५ बन्द गर्ने भने आधिकारिक घोषणा नै गरेको हो।

हालै पिक्सेल ६ र ६ प्रो बजारमा आउन तयार भइसकेकाले कम्पनीले यस अघिका यी दुई मोडलकफ उत्पादन बन्द गर्ने भएको बुझिएको छ।

यसबाहेक हालै सार्वजनिक भएको गुगल पिक्सेल ५ए प्रति ग्राहकको आकर्षण बढाउन पनि यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ।

गुगलका एक प्रवक्ताले डिजिटाइम्सलाई स्पष्ट रुपमा बताए अनुसार गुगल स्टोरले पिक्सेल ४ए फाइभजी र पिक्सेल ५ स्टक रहुन्जेल बेच्न भने जारी राख्नेछन्।

अमेरिकामा गुगलको पिक्सेल ४ए फाइभजी र पिक्सेल ५को स्टक पूर्ण रुपमा सकिएको डिजिटल ट्रेन्ड्सले जनाएको छ।

‘हाम्रो तत्कालको प्रक्षेपण अनुसार अमेरिकामा रहेका गुगल स्टोरले पिक्सेल ४ए फाइभजी । पिक्सेल ५ आगामी हप्ता पिक्सेल ५ए फाइभजी सार्वजनिक हुँदासम्म बिक्रि गरिसक्नेछन्। पिक्सेल ५ए फाइभजीमा पिक्सेल ४ए फाइभजीको तुलनामा सस्तो मूल्यमा अझ मजबुत हार्डवयरसहित आउनेछ’, गुगलका प्रवक्ताले भने।

easy care

प्रकाशित: ६ भाद्र २०७८, आईतवार