Technology Khabar ५ भाद्र २०७८, शनिबार
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले पोलको प्रयोगका लागि सम्झौता गरेर शुल्क नतिर्ने इन्टरनेट सेवा प्रदायकहरुले तार बिस्तार तथा मर्मतको कार्य नगर्न चेतावनीसहितको पत्र पठाएको छ।
प्राधिकरणको बितरण केन्द्र प्रमुख ईन्जिनियर राजिव कुमार सिंहले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाउँदै प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरि नेटवर्क केबल बिस्तार कार्य नियमानुसार सम्झौता नगरी नगर्न भनेका छन् ।
टेक्नोलोजीखबरले प्राप्त गरेको सो पत्रमा प्राधिकरणको पोल प्रयोग गर्न कम्पनीलाई नियमानुसार सम्झौता तथा स्वीकृति नदिएको हुँदा नेटवर्क केबल मर्मतको कार्य गर्दा बितरण केन्द्रमा जानकारी गराउन भनिएको छ।
त्यसैगरि अटेर गरि बिना सम्झौता तथा जानकारी नेटवर्क केबल बिस्तार तथा प्राधिकराण्को पोल प्रयोग गरि मर्मत गरिएको भेटिएमा कारबाही हुने चेतावनी दिईएको छ।
यसका साथै विद्युत प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई आफ्नो तार तथा नेटवर्क केबललाई व्यवस्थित गरि अनिवार्य रुपमा आफ्नो कम्पनीको लोगोसहितको ट्याग लगाउन समेत अनुरोध गरेको छ । प्राधिकरणले केबल सम्झौताका लागि प्रकृया छिटोभन्दा छिटो अघि बढाउन समेत सबै सेवा प्रदायकहरुलाई पत्रमार्फत उल्लेख गरेको छ।
यो पनि हेर्नुस्-
भरतपुरका लुटिएको दूरसञ्चार उपकरण फिर्ताको माग गर्दै आईस्पानद्वारा विद्युत प्राधिकरणमा उजुरी
प्रकाशित: ५ भाद्र २०७८, शनिबार