आउँदै गरेको ग्यालेक्सी ट्याब एस८ सिरिजमा स्न्यापड्रागन ८९८ चिपसेट रहने

Technology Khabar ५ भाद्र २०७८, शनिबार

आउँदै गरेको ग्यालेक्सी ट्याब एस८ सिरिजमा स्न्यापड्रागन ८९८ चिपसेट रहने

काठमाडौं ।

दुई महिना अघि आउँदै गरेको ग्यालेक्सी ट्याब एस८ को विवरण लीक भएको थियो।

उक्त लिकमा भ्यनिला, एस८ प्रो र एस८ अल्ट्रा मोडल रहने बताइएको थियो।

भ्यानिला मोडलमा ४५ वाट फास्ट चार्जिङ रहने तथ्य बाहिर आएङ्को थियो। हाल आएर भरपर्दा टिप्स्टर आइस यूनिभर्सले उक्त लीकका सबै तथ्य सही भएको बताएका छन्।

यी सबै मोडलमा ८००० एमएएचभन्दा बढी क्षमताका ब्याट्री छन्। भ्यानिलामा ८०००, प्रो मा एस८+ मा १००९० तथा एस८ अल्ट्रामा ११५०० एमइएच ब्याट्रि दिइएको छ।

यी सबै मोडलमा स्न्यापड्रागन ८९८ चिपसेट रहने बुझिएको छ। यसै कारणले पनि यसको सार्वजनिक हुने मिति धकेलिएको हुन सक्ने अनुमान गरिएको छ। ग्यालेक्सी ट्याब एस७ एक वर्ष अगाडि नै आएको हो भने स्न्यापड्रागन आउन छिटोमा डिसेम्बर वा जनवरी कुर्नुपर्ने हुन्छ।

लीक अनुसार अब यी ट्याब्लेटमा एक्जिनोस २२०० को सट्टा एएमडी आरडीएनए जीपीयू रहनेछ जुन एड्रिनोभन्दा अझ शक्तिशाली हुने आकलन गरिएको छ।

ग्यालेक्सी ट्याब एस८ सिरिज ग्यालेक्सी एस२२ फ्ल्यागशिपसँगै सार्वजनिक हुने र यी सबैमा यूआई ४.० रहने पनि अनुमान गरिएको छ।

easy care

प्रकाशित: ५ भाद्र २०७८, शनिबार

ताजा समाचार