बजेटमा उल्लेख भएअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्य गर्नुपर्ने महालेखाको भनाई

Technology Khabar ४ भाद्र २०७८, शुक्रबार

बजेटमा उल्लेख भएअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्य गर्नुपर्ने महालेखाको भनाई
सांकेतिक तस्बिर

काठमाडौं ।

महालेखापरीक्षकको कार्यालयले नेपालको आफ्नै स्याटेलाइट स्थापनाको कार्य बजेटमा उल्लेख भएअनुसार गरिनुपर्ने ठहर गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको महालेखाको प्रतिवेदनअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापनाको लागि कानूनी र संस्थागत संरचना तयार नभएको भन्दै सो बारेमा बजेट वक्तव्यमा उल्लेख भए बमोजिम कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताएको हो।

सरकारले नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपणको लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई कानूनी र प्राविधिक कार्यको लागि जिम्मा दिएको छ । तर प्राधिकरणले भने यसअघि माग गरिएको नेपालको आफ्नै स्याटेलाइट राख्ने विषयका विभिन्न कार्यको परामर्शको आशयपत्र नै रद्द गरिसकेको छ ।

हेर्नुस सम्बन्धित समाचार-

नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएको परामर्शको प्रकृया नै खारेज

प्राधिकरणले सो प्रकृया रद्द गरेपनि चालु आवको आफ्नो बजेटमा नेपालको स्याटेलाइट स्थापनको कार्य अगाडि बढाउनका लागि बजेट बिनियोजन गरेको छ।

हेर्नुस् सम्बन्धित समाचार-

नेपालको आफ्नै स्याटेलाइट चालु आवभित्रै राख्ने तयारी, प्राधिकरणको छुट्यायो ७० करोड रुपैयाँ बजेट

Global Bank
easy care

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

ताजा समाचार