फेसबुक तथा इन्स्टाग्रामले हटायो भारतीय नेता राहुल गान्धीको पोस्ट

Technology Khabar ४ भाद्र २०७८, शुक्रबार

फेसबुक तथा इन्स्टाग्रामले हटायो भारतीय नेता राहुल गान्धीको पोस्ट

काठमाडौं ।

फेसबुक तथा इन्स्टाग्रामले भारतीय कांग्रेस सांसद राहुल गांधीले राखेका बलात्कार पीड़ितको परिवारका पहिचान खुलाइएका पोस्ट हटाएको छ।

यस अघि ट्विटरले पनि राहुल गान्धीका केही पोस्टहरुमाथि यस्तै एक्शन लिएको थियो। पछि उनको ट्विटर एकाउन्ट पनि लक गरिदिएको थियो।

हालै भारतको राजधानी दिल्लीमा एउटी नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको थियो।

कांग्रेस सांसद गान्धीले ती पीडित बालिकाको परिवारका सदस्यसँग भेटेका थिए। उक्त भेटका बेला लिइएका फोटो उनले फेसबुक तथा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा पोस्ट गरेको थिए।

शुरुमा राहुल गान्धीको पोस्टमा ट्विटरले एक्शन लिएको थियो। ट्विटरले पहिले गान्धीको वो ट्वीट हटायो त्यसपछि उनको एकाउन्ट नै लक गरिदियो।

थुप्रै दिनसम्म गान्धीको एकाउन्ट लक नै रह्यो। राहुल गान्धीको मात्र नभइ कांग्रेसका दर्जनै ठूला नेताहरुको एकाउन्ट पनि लक गरिदिएको थियो।

केही समयअघि ट्विटरले यो घटनसँग जोडिएका र लक गरिएका सबै नेताहरुको एकाउन्ट अनलक गरिसकेकोमा अहिले भने फेसबुक र इन्स्टाग्राममा पनि भी राहुल गान्धीका पोस्ट हटाइएको हो। दुवै प्लेटफर्मले राहुल गान्धीलाई आफैंले पोस्ट हटाउन आग्रह गरेका थिए तर उनले नमानेपछि जबर्जस्ती हटाइएको हो।

Global Bank
easy care

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

ताजा समाचार