काठमाडौं ।
बजारमा विभिन्न मूल्यका स्मार्टफोन उपलब्ध छन्। सस्तोभन्दा सस्तो र महंगोभन्दा महंगे फोन बजार सहज रुपमा भेटिन्छन्।
अनलाइन शपिङका क्रममा स्मार्टफोन किन्नेहरुका अगाडि अझ धेरै अप्शन देखा परेका छन्। तर यति हुँदा हुँदै पनि थुप्रै मानिसहरु अझै पनि सेकेन्ड ह्यान्ड अर्थात् अरुले एक पटक प्रयोग गरिसकेका फोन किन्ने गर्छन्।
कति पटक तपाईँलाई मन परेको फोन तपाईँको बजेटमा नआउने हुन सक्छ। यस्तो बेला कम पैसा र आफ्नो बजेटभित्र महंगो फोन प्रयोग गर्न चाहनुहुन्छ भने सेकेन्ड ह्यान्ड फोन किन्न सकिन्छ।
सेकेन्ड ह्यान्ड फोन किन्नु आफैंमा नराम्रो कुरा होइन। तर यस्ता फोन किन्नुअघि केही कुरामा ध्यान भने अवश्य नै पुर्याउनु पर्छ। नत्र पैसाको बर्बादी मात्र हुन सक्छ।
१. बिक्रेतालाई भेटेर कुरा गर्नुहोस्
- यदि तपाईँ कुनै वेबसाइटमार्फत् सेकेन्ड ह्यान्ड फोन किन्दै हुनुहुन्छ भने तपाईँले बिक्रेतासँग भेटघाट गर्नु उचित हुन्छ।
- यो किनबेच दुवै पक्ष आमनेसामने बसेर होस् भन्ने तपाईँको कोशिस हुनुपर्छ। यस्तो हुँदा कुनै गलत वा झूटको शिकार हुन वा ठगिनबाट बच्न सकिन्छ।
२. फोन चलाएर हेर्न नबिर्सनुहोला
- सेकेन्ड ह्यान्ड स्मार्टफोन किन्दा फोनलाई आफैले हातमा लिएर चलाएर हेर्नुपर्छ।
- कम से कम १५ मिनेटजति फोनलाई आफैंले चलाएर हेर्नु उपयुकत् हुन्छ।
- यसबाट तपाईँलाई फोनको पर्फर्मेन्स, ब्याट्री क्षम तथा फोन ठिकसँग चल्छ कि चल्दैन भन्ने थाहा हुन्छ।
३. फोन को पार्ट पुर्जा चेक गर्नुहोस्
- सेकेन्ड ह्यान्ड फोन किन्ने बेला त्यसको मिल्नेसम्मका पार्टपुर्जा चेक गर्नुपर्छ। यसो गर्दा कुनै पार्ट बिग्रेको भेटिएमा फोन किन्ने निकन्ने वा त्यसलाई ठिक गर्ने भन्ने निर्क्योल गर्न सकिन्छ।
- केबल त्यसको बाहिरी स्वरुप हेरेर किन्ने निर्णय नगर्नुस्
४. यी कुराहरुलाई पनि ध्यान दिनुहोस्
- सेकेन्ड ह्यान्ड स्मार्टफो किन्दै गर्दा त्यसको बक्स पनि माग्नुहोस। फोनको बिल र बक्समा भएको आईएमईआई नम्बर ठिक छ छैन चेक गर्नुपर्छ। पछि फोन हराएको खण्डमा उजुरीका लागि आईएमईआई नम्बर आवश्यक पर्छ।
- आईएमईआई नम्बर चेक गर्नका लागि फोनमा *#06# डायल गर्नुहोस्।
५. भर्चुअल माध्यमबाट भुक्तानी नगर्नुहोस्
- सेकन्ड ह्यान्ड स्मार्टफोन किन्ने बेला भर्चुअल या अनलाइनमार्फत् भुक्तानी नगर्नु राम्रो हुन्छ।
- फोन जबसम्म हातमा पर्दैन तबसम्म कुनै प्रकारले रकम भुक्तानी नगर्नुहोस्।
- फोन बिक्रेताले फोन किनेको बिल वा बक्स विभिन्न बहाना बनाएर नदिने विचा गर्यो भने उक्त फोन नकिन्नुहोस्। चोरीको पनि हुन सक्छ।
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार