रियलमी जीटी एक्सप्लोरर मास्टर तथा रियलमी बुक विश्व बजारमा सार्वजनिक

Technology Khabar ३ भाद्र २०७८, बिहीबार

रियलमी जीटी एक्सप्लोरर मास्टर तथा रियलमी बुक विश्व बजारमा सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले बिहीबार इभेन्टहरुको सिरिजमार्फत थुप्रै डिभाइसहरु सार्वजनिक गरेको छ।

सार्वजनिक भएका डिभाइसहरुमा रियलमी जीटी एक्सप्लोरर मास्टर तथा रियलमी बुक ल्यापटप मुख्य छन्। यसअघि नै अलि एक्सप्रेसमा सूचीबद्ध रियलमी रियलमी जीटी मास्टर पनि त्यसै इभेन्टमा सार्वजनिक गरिएको थियो।

रियलमी जीटी मास्टरको मूल्य पहिले नै उकासिएको छ। एक्सप्लोरर मास्टरमा स्न्यापड्रागन ८७० चिपसेटका साथमा ५० मेगापिक्सेल सोनीआईएमएक्स७६६ सेन्सर रहेको छ। यसबाहेक यो डिभाइसमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्च सुपर एमोलेड डिस्प्ले दिइएको छ।

स्नो ह्वाइट, डन, सुटकेश ग्रे तथा सुटकेश एप्रिकट रंगमा उपलब्ध हुने यो डिभाइसको मूल्य ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टको ४९९ तथा १२/२५६ जीबी भेरियन्टको ५४९ डलर तोकिएको छ।

रियलमी बुक ल्यापटप भने इन्टेल कोर आई३ वा कोर आई५ प्रोसेसरका साथमा ८ तथा १६ जीबी र्याम र २५६ तथा ५१२ जीबी आन्तरिक स्टोरेजिसहित उपलब्ध छ।

यसको बेस भेरियन्टको मूल्य ७४९ डलर तथा उच्च कन्फिगरेशन भएको भेरियन्टको ९९९ डलर तोकिएको छ।

Global Bank
easy care

प्रकाशित: ३ भाद्र २०७८, बिहीबार