भरतपुरमा सुनियोजितरुपमा इन्टरनेटको तार काटिएको आइस्पानको आशंका, दोषीलाई कारबाही गर्न माग

Technology Khabar २ भाद्र २०७८, बुधबार

भरतपुरमा सुनियोजितरुपमा इन्टरनेटको तार काटिएको आइस्पानको आशंका, दोषीलाई कारबाही गर्न माग

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालले हालै नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेशअन्तरगत भरतपुर बितरण केन्द्रले इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिएकोमा आपत्ति जनाएको छ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सो कार्य अत्यावश्यक सेवामा बाधा अवरोध गर्न नहुने कानूनी प्रावधान भन्दा बाहिर गएर सुनियोजितरुपमा गरिएको आशंका व्यक्त गर्दै सम्बन्धित सरकारी निकायहरुलाई त्यस घट्ना बारे ध्यानाकर्षण गराएको छ।

आइस्पानले केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका सेवा प्रदायकहरुका तार सुनियोजितरुपमा काट्ने काम गरी दूरसञ्चार उपकरणहरुमा समेत क्षति पुर्याएर उपकरणहरु नियन्त्रणमा लिई सेवा नै अबरुद्ध गराएकोमा चिन्तासमेत जाहेर गरेको छ ।

“यो कदमले कोभिड १९ मा डिजिटल शिक्षा, स्वास्थ्य लगायतका संवेदनशील क्षेत्र र सिंगो अर्थतन्त्रलाई चलायमान राखिराखेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पुर्याउने नियतवस गरिएको कार्यको उपज त होईन् ?” आइस्पानले भनेको छ ।

पोल भाडाको बारे उच्च निकायहरुमा छलफल भईरहेको अवस्थामा यस किसिमको कार्य हुनु निन्दनीय भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय नेपाल दूरसञ्चार प्राधिकरण लगायतलाई ध्यानाकर्षण गराएको छ ।

“सो कार्य दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई अटेर गरी गरिएको उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद १० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको कुरा पनि सम्बन्धित निकायहरुलाई जानकारी गराउन चाहन्छौं,” आइस्पानद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

संघले यस्तो कार्यले आफूहरु अचम्भित भएको भन्दै भरतपुरका दशौं हजार आमउपभोक्ताहरु इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा,बैंकिङ्ग कारोबार गर्नबाट बन्चित हुन पुगेको बताएको छ । यसबाट उपभोक्ताहरुको दैनिकी नराम्रोसँग प्रभावित भएको संघले उल्लेख गरेको छ।

त्यसैगरि संघले यस्तो कार्य गर्ने जो कोहीलाई छिटोभन्दा छिटो कानूनी कारबाहीको दायरामा ल्याउन समेत आग्रह गरेको छ।

ISPAN-Press-release-regarding-telecom-act-voilation

हेर्नुस् सम्बन्धित समाचार-

एनसेल बाहेक अन्यले पोल भाडा नतिरेको भन्दै प्रयोगमा रोक, डिसहोमको तार बिस्तार कार्य रोकियो

easy care

प्रकाशित: २ भाद्र २०७८, बुधबार