ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड कनेक्टिभिटी पूर्वाधार निर्माणको जिम्मा टेकमाइन्ड्सलाई

Technology Khabar २ भाद्र २०७८, बुधबार

ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड कनेक्टिभिटी पूर्वाधार निर्माणको जिम्मा टेकमाइन्ड्सलाई

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गरेर इन्टरनेट पहुँच पुर्याउने जिम्मा टेकमाइन्ड्स नेटवर्क प्रा लि लाई दिएको छ।

प्राधिकरणले गत चैत्रको पहिलो हप्ता ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क विस्तार गरी इन्टरनेट सेवा पुर्याउनका लागि रित पुगेका इन्टरनेट सेवा प्रदायकहरुसँग बोलपत्र आह्वान गरेको थियो।

९ महिनाभित्र ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क विस्तार गरी इन्टरनेट सेवा पुर्याउने गरी आह्वान गरिएको बोलपत्रका लागि प्राधिकारणबाट इजाजत प्राप्त इन्टरनेट सेवा प्रदायकहरुले आवेदन दिन सक्ने बताइएको थियो।

रित पुगेका कम्पनटीहरुले दर्ता गरेको सिलबन्दी बोलपत्रमध्ये सबैभन्दा कम रकम २ करोड १६ लाख ७५ हजार ६८० रुपैयाँ ५० पैसा चितवनमा मुख्य कार्यालय रहेको टेकमाइन्ड्स प्रालिले प्रस्ताव गरेको पाइएकाले नियमसँगत रुपमा यो ठेक्का दिइइको प्राधिकरणले जनाएको छ।

 

कसले आवेदन दिन सक्छन्?

  • पछिल्लो दश वर्षभित्र कुनै तीन वर्षमा कम्तीमा १० करोड रुपैयाँकाे कारोबार गरेको संस्था हुनुपर्ने
  • एक वर्षभित्र कम्तीमा १ हजार जना फिक्स्ड डाटाका ग्राहक भएको हुनुपर्ने
  • अप्टिकल फाइबर, माइक्रोवेभ, पीएमपी तथा वायरलेस गरी हाल कम्तीमा ५० किलोमिटरसम्म प्रसारण गरिरहेकाे हुनुपर्नेछ ।

कसरी आवेदन दिने?

आवेदकहरुले दुईवटा खाममा एउटामा बोलपत्रको प्राविधिक विवरण र अर्कोमा आफूले कबोल गरेको रकम खुलाएर सिलबन्दी रुपमा आवेदन दिनुपर्नेछ।

आवेदकले ५ हजार रुपैयाँ बोलपत्र प्रक्रियाकाे शुल्कका रुपमा बुझाउनुपर्नेछ।

बोलपत्र खोलिएको दिनबाट ९० दिनका लागि वैध हुनेछ भने रु १२ लाख २०  हजार रुपैयाँ सुरक्षण रकमका रुपमा बुझाउनुपर्नेछ। यो रकम बोलपत्रको म्यादपछि अर्को ३० दिनसम्मका लागि मान्य हुनेछ।

आवेदकले www.bolpatra.com.np/egp मार्फत् अप्रिल १५ तारिख अर्थात् २०७८ साल वैशाख २ गते १२ बजेभित्र बोलपत्र बुझाउनुपर्नेछ। त्यसपछि आएका बोलपत्र मान्य हुने छैनन्।

बोलपत्र प्राधिकरणको कार्यालय कमलादीमा अप्रिल १५ तारिख अर्थात् २०७८ साल वैशाख २ गते साढे १२ बजे खोलिनेछ।

यसमा बोलपत्र आवेदन कुनै एउटा संस्थाको नाममा मात्र दिन सकिनेछ। ज्वाइन्ट भेन्चर कम्पनीका नाममा बोलपत्र आवेदन दिन पाइने छैन।

ललितपुर जिल्लामा बागमती, कोञ्ज्योसोम र महाङ्काल गरी तीन वटा गाउँपालिकाहरु छन्। प्राधिरणले यी तिनैवटा गाउँपालिकाहरुमा रोडब्याण्ड नेटवर्क विस्तार गरी इन्टरनेट सेवा पुर्याउने लक्ष्यसहित बोलपत्र आह्वान गरेको हो।

Global Bank
easy care

प्रकाशित: २ भाद्र २०७८, बुधबार

ताजा समाचार