मुरारका ग्रुप अन्तर्गत डिजो ब्रान्डका फोन र एसेसरिज नेपालमा आउँदै

Technology Khabar २ भाद्र २०७८, बुधबार

मुरारका ग्रुप अन्तर्गत डिजो ब्रान्डका फोन र एसेसरिज नेपालमा आउँदै

काठमाडौं ।

मुरारका ग्रुपले डिजो ब्रान्डका मोबाइलसहित विभिन्न एसेसरिज आधिकारिक रुपमा नेपालमा भित्र्याउने भएको छ।

कम्पनीले चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको सब-ब्रान्ड डिजो अन्तर्गत आएका फिचर फोन डिजो स्टार ३०० तथा डिजो स्टार ५००, वायरलेस इयरबड, स्मार्ट ब्यान्ड लगायतका डिभाइसहरु नेपाली बजारमा ल्याउन लागेको हो।

यसअघि रियलमी ब्रान्डकै स्मार्टफोन र एसेसरिज आधिकारिक विक्रेताका रुपमा नेपालमा विक्री गर्दै आएको मुरारका ग्रुपले रियलमीको आधिकारिक विक्री जगदम्बा ग्रुपले गर्ने भएपछि रियलमी टेकलाइफ इकोसिस्टम अन्तर्गतका यी र भविष्यमा आउने आधुनिक डिभाइस तथा एसेसरिजहरु ल्याउन लागेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २ भाद्र २०७८, बुधबार

ताजा समाचार