स्न्यापड्रागन ७७८जी चिपसेटयुक्त ग्यालेक्सी ए५२एस फाइभजी स्मार्टफोन सार्वजनिक

Technology Khabar २ भाद्र २०७८, बुधबार

स्न्यापड्रागन ७७८जी चिपसेटयुक्त ग्यालेक्सी ए५२एस फाइभजी स्मार्टफोन सार्वजनिक

काठमाडौं ।

सामसङले हालै स्न्यापड्रागन ७७८जी चिपसेटयुक्त ग्यालेक्सी ए५२एस स्मार्टफोन सार्वजनिक गरेको छ। यसमा प्रयोग भएको स्न्यापड्रागन ७७८जी चिपसेट टीएसएमसीको ६ एनएन फाउन्ड्रीमा निर्माण गरिएको हो।

यसमा एड्रिनो ६४२एल जीपीयू तथा एक्स५३ फाइभजी मोडेम राखिएको छ। यसमा ६ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ भने स्थानीय हिसाबले ८/१२८ तथा ८/२५६ जीबी भेरियन्टमा पनि उपलब्ध हुनेछ।

यसमा अघल्लो भर्सनमा भन्दा बढी २५  वाट फास्ट चार्जर दिइएको छ भने ब्याट्री क्षमता भने ४५०० एमएएच नै रहेको छ।

यो डिभाइसमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्चको फुल एचडी+ सुपर एमोलेड डिस्प्ले दिइएको छ भने ६४ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा र अगाडि ३२ मेगापिक्सेलको सेल्फी शूटर राखिएको छ।

आईपी६७ रेटिङ रहेको यो डिभाइस बेलायतमा आगामी सेप्टेम्बर ३ देखि उपलब्ध हुने र यसको प्रि अर्डर अगस्ट २४ बाट शुरु हुने बताइएको छ।

यसको मूल्य ४१० पाउन्डबाट शुरु भएको छ भने असम ब्ल्याक, असम ह्वाइट, असम भायोलेट तथा असम मिन्ट गरी चार रंगमा उपलब्ध हुनेछ।

Global Bank
easy care

प्रकाशित: २ भाद्र २०७८, बुधबार

ताजा समाचार