रुसी टीभी च्यानलले गुगलसँग यूट्युब ब्लक गरेको बारेमा जारी छलफल टुंग्यायो

Technology Khabar १ भाद्र २०७८, मंगलवार

रुसी टीभी च्यानलले गुगलसँग यूट्युब ब्लक गरेको बारेमा जारी छलफल टुंग्यायो

काठमाडौं ।

रुसका एक प्रतिबन्धित व्यापारीले चलाएको जारगार्ड टीभी नामक न्यूज च्यानलले आफूले गुगलसँग यूट्युब एकाउन्ट अनब्लक गरिदिनका लागि भइरहेको छलफल अन्त्य गरेको घोषणा गरेको छ।

सोमबार च्यानलले गुगललाई अमेरिकी समूहलाई आफ्नो छलफलमा अनावश्यक हस्तक्षेप गरेको आरोप पनि लगाए।

गुगललाई मस्कोको एउटा अदालतले अमेरिका र ईयूले आर्थिक प्रतिबन्ध लगाएका व्यापारी कोन्स्टान्टिन मालोफिभद्वारा सञ्चालित जारगार्ड टीभीको यूट्युब एकाउन्ट अनब्लक गर्न आदेश दिएको थियो। तर पछि मे मा गुगलले यो निर्णयका विरुद्ध पुनरावेदन अदालतमा उजुरी दिएको थियो।

यसको सुनुवाइ सोमबार हुने भनिएकामा अब सेप्टेम्बर २० का लागि  सारिएको दुवै पक्षले बताएका छन्। जारगार्ड टीभीले यो केही समय गुगलले ल्याएको नयाँ दस्तावेजसँग अदालतलाई परिचित हुनका लागि दिइएको बताएको छ।

यूट्युबसँगको विवाद अमेरिकी प्रविधि तथा सोसल मिडिया जायन्टहरुले रुसी राज्यलाई रिस उठाउने गरी गरेका थुप्रै हत्कन्डाहरुमध्येको एउटा हो।

रुसले अवैध मानिएका सामग्री नहटाएको र यूजर डाटालाई स्थानीयकरण नगरेको आरोपमा गुगल तथा अन्य सामाजिक सञ्जाललाई कारबाही पनि गरेको थियो।

Global Bank
easy care

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

ताजा समाचार