अफगानिस्तानको अमेरिकी दूतावासले कार्यालय खाली गर्दै गर्दा खुलायो कर्मचारी भर्ना

Technology Khabar १ भाद्र २०७८, मंगलवार

अफगानिस्तानको अमेरिकी दूतावासले कार्यालय खाली गर्दै गर्दा खुलायो कर्मचारी भर्ना

काठमाडौं ।

तालिबानीहरुले कब्जा गरेपछि काबुल छोड्दै गर्दा अमेरिकी दूतावासले कर्मचारीको दरखास्त खुलाएको छ।

यो अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावासमा जागिर खाने बेला त होइन। किनभने अमेरिकाले यसलाई खाली गरिसकेको छ।

केही हप्ता यता तालिबानहरुले थुप्रै शहरमा कब्जा जमाउँदै अमेरिकाको समर्थनमा बनेको अशरफ घानीको सरकारलाई अपदस्थ गरेर देशको शासन हातमा लिने प्रयासमा छन्। यति हुँदा हुँदै पनि अमेरिकी दूतावासले कर्मचारी भर्ती खुलाएको हो।

गत शुक्रबार दूतावासले ट्विटरमा पब्लिक इन्गेजमेन्ट असिस्टेन्ट पदका लागि एउटा कर्मचारी भर्ती विज्ञापन प्रकाशन गरेको थियो र त्यसैलाई डेबुकको साइटमा राखेको थियो।

यो विज्ञापन त्यसै दिन आएको थियो जुन दिन दूतावासका कर्मचारीलाई कार्यालयमा रहेका सम्वेदनशील दस्तावेज, उपकरण आदिलाई सुरक्षित भाँडामा राखेर जलाउन पत्र आएको थियो। सीएनएनका अनुसार कुनै पनि सामान वा दस्तावेज प्रोपागान्डाका लागि दुरुपयोग नहोस् भनेर उक्त कदम चालिएको हो।

उक्त विज्ञापनमा दूतावासले देशको परिस्थितका बारेमा एक हरफ लेखेर पब्लिक इन्गेजमेन्ट असिस्टेन्ट आवश्यकता भएको जनाएको थियो।

Sajilo Visa

प्रकाशित: १ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया