शाओमी एमआई ११टी र रेडमी के४० अल्ट्राको विवरण लीक

Technology Khabar ३२ श्रावण २०७८, सोमबार

शाओमी एमआई ११टी र रेडमी के४० अल्ट्राको विवरण लीक

काठमाडौं ।

शाओमीको एमआई ११टी तथा रेडमी के४० अल्ट्राका केही झलक र विवरण शाओमीयूआईको टेलिग्राम ग्रुपमार्फत् बाहिरिएको छ।

टेलिग्राम ग्रुपमा आएको जानकारी अनुसार आउँदै गरेको के११आर कोडनेम दिइएको  एमआई ११टी स्मार्टफोन भातलगायत विश्वमै उपलब्ध हुने बुझिएको छ।

यसका १२० हर्ज रिफ्रेश रेटसहितको ओएलईडी डिस्प्ले रहने बुझिएको छ। क्यामराका हकम एमआई ११टी मा ६४ मेगापिक्सेलको ओम्निभिजन सेन्सरसहित सोनीको आईएमएक्स३५५ अल्ट्रावाइड र ३x जूमयुक्त टेलिम्याक्रो सहित ट्रिपल क्यामरा रहने आकलन गरिएको छ।

यसलाई पावर दिनका लागि मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट रहने अनुमान गरिएको छ।

यस्तै रेडमी के४० अल्ट्रा पनि धेरै हदसम्म एमआई ११टी जस्तै रहनेछ र यो चीनमा मात्र उपलब्ध हुनेछ। यसमा एमआई ११टीमा रहेको ६४ मेगापिक्सेलको सट्टा १०८ मेगापिक्सेल सामसङ एचएम२ सेन्सर रहने बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

ताजा समाचार