चीनमा बिक्री हुने ७० प्रतिशतभन्दा बढी स्मार्टफोनले फाइभजी सपोर्ट गर्ने

Technology Khabar ३२ श्रावण २०७८, सोमबार

चीनमा बिक्री हुने ७० प्रतिशतभन्दा बढी स्मार्टफोनले फाइभजी सपोर्ट गर्ने

काठमाडौं ।

चीनमा बिक्री हुने ७० प्रतिशतभन्दा बढी स्मार्टफोन फाइभजी सपोर्टयुक्त रहेका हालै जारी भएको एउटा रिपोर्टले देखाएको छ।

चीनमा फाइभजी प्रविधिलाई व्यावसायिक लाइसेन्स प्रदान गरिएको दुई वर्ष मात्र भएको छ।

फाइभजीको आधारभूत डिजाइन तथा संरचनामा निरन्तर सुधार तथा फाइभजी स्मार्टफोनको मूल्यमा कमी आउँदै गर्दा चीनमा यसअघिका प्रविधिलाई फाइभजीको तरंगले विस्थापित गर्दै गएको देखिएको छ।

हालै चाइना एकेडेमी अफ इन्फर्मेशन एन्ड कम्युनिकेहशन्स टेक्नोलोजीको एउटा तथ्याङ्कले यस वर्षको जनवरीदेखि जुलाइसम्ममा चीनमा बिक्री भएका कुल स्मार्टफोनको सङ्ख्या २० करोड ३ लाख पुगेको देखाएको छ। यो आँकडा वार्षिक रुपमा १५.६ प्रतिशतले वृद्धि हो।

रिपोर्टहरुका अनुसार २० करोड ३ लाखमध्ये १५ करोड १० लाख थान स्मार्टफोनमा फाइभजी सपोर्ट रहेको छ। यसबाट चीनमा यो ७ महिनाको अवधिमा बिक्री भएका कुल स्मार्टफोनमध्ये ७४.३ प्रतिशतमा फाइभजी सपोर्ट रहेको छ।

Global Bank
easy care

प्रकाशित: ३२ श्रावण २०७८, सोमबार

ताजा समाचार