‘डिस्ट्रिब्यूटेड डिनायल अफ सर्भिस’ आक्रमण के हो र यसबाट कसरी बच्ने ? यस्ता छन् सुरक्षा उपायहरु

Technology Khabar ३१ श्रावण २०७८, आईतवार

‘डिस्ट्रिब्यूटेड डिनायल अफ सर्भिस’ आक्रमण के हो र यसबाट कसरी बच्ने ? यस्ता छन् सुरक्षा उपायहरु

काठमाडौं ।

कोभिड १९ महामारीका कारण घरबाटै काम गर्ने तथा अनलाइन कार्यहरुको माग र गतिबिधि बढिरहेको बेलामा ह्याकरहरु समेत निकै सलबलाएका छन्। विश्वभर यसै बिचमा ठूला ह्याकिंगका घट्नाहरु समेत सार्वजनिक भएका छन्।

यस्तो ह्याकिंगको क्रममा ह्याकरहरुले कुनै कम्पनी वा संस्थाको नेटवर्कमा समेत आक्रमण गरेर सम्पूर्ण नेटवर्क नै अधिनमा लिने गरेका छन्। केहि समयअघि अमेरिकी कम्पनीहरुमा समेत यस्तै प्रकारको ह्याकिङ्ग भएको थियो।

नेटवर्कमा आबद्ध रहेका विभिन्न उपकरणहरु र सेवालाई संक्रमित गरेर त्यसमार्फत सर्भरलाई आक्रमण गर्ने गतिबिधिलाई डिस्ट्रिब्यूटेड डिनायल अफ सर्भिस (डिडिओएस) Distributed Denial of Service(DDoS) Attack आक्रमण भनेर चिनिन्छ।

यस्ता आक्रमणहरु नेपालमा पनि हुनसक्ने संभावनालाई मध्यनजर गरेर दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले डिडिओएस आक्रमण, यसमा ह्याकरले गर्ने गतिबिधि र यसको रोकथामका उपायहरु बारेमा जानकारी दिएको हो।

हेर्नुस् प्राधिकरणको सचेतना अभियान अन्तरगत यस बारेको सन्देश-

Cyber-Security-Advisory-DDoS

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार