फिटबिट चार्ज ५ को आधिकारिक झलक लीक, यस्तो हुनेछ विशेषता

Technology Khabar ३१ श्रावण २०७८, आईतवार

फिटबिट चार्ज ५ को आधिकारिक झलक लीक, यस्तो हुनेछ विशेषता

काठमाडौं ।

स्मार्ट ब्यान्ड फिटबिटले आफ्नो चार्ज ब्यान्डको नयाँ भर्सन छिट्टै ल्याउने भएको छ। हालै इभान ब्लिक्स नामका एक लिक्स्टरले हालै यसका झलक पोस्ट गरेका छन्।

तर त्यसमा हार्डवयर तथा अन्य फिचरका बारेमा कुनै जानकारी समावेश छैन। तर चार्ज डिभाइस भएका कारण यसमा अघिल्ला भर्सनहरुमा झैं अन बोर्ड जीपीएसका साथमा एसपीओ२ सेन्सर पनि रहने आकलन गरिएको छ।

प्रिमियम सेन्स डिभाइसमा मात्र रहने चार्ज ४ मा रहेको शरीरको तापक्रम ट्र्याक गर्ने फिचर रहेकाले यसमा पनि स्वत: रहने अनुमान गरिएको छ।

लिक भएको विवरण हेर्दा दुई साइडमा बडीभन्दा फरक मेटलबाट बनेका ठूला प्याडहरु देखिन्छन्।

तीमध्ये एउटा ईसीजी रिडर वा स्लाइडिङ क्यापासिटिभ नेभिगेशन पनि हुन सक्ने अनुमान गरिएको छ।

यसबाहेक फिटबिट वाच र ब्यान्ड दुवैमा तीन ओटा रंगहरुको अप्शन रहेको देखिन्छ। यो डिभाइस आगामी अक्टोबर २३ मा सार्वजनिक हुने भनेर मिति पनि तोकिएको छ।

easy care

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार