शाओमी मिक्स ४ को स्टक लगभग प्रि-सेलमै सकियो, आपूर्ति पनि सीमित मात्र हुने

Technology Khabar ३१ श्रावण २०७८, आईतवार

शाओमी मिक्स ४ को स्टक लगभग प्रि-सेलमै सकियो, आपूर्ति पनि सीमित मात्र हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले केही दिनअघि शाओमी मिक्स ४ सार्वजनिक गरेको थियो।

भर्खरै बजारमा आए पनि यसको स्टक ज्यादै थोरै मात्र रहेको छ। चीनमा यसको बिक्री अगस्ट १६ बाट शुरु हुने बुझिएको छ।

यतिन्जेलमा के कुरा स्पष्ट भएको छ भने शाओमीले हालै यो डिभाइसको प्रि-सेल इभेन्ट आयोजना गरेको थियो जसमा पहिलो खेपमा चीनमा आएका मिक्स ४ का सबै माैज्दात सकिएको थियो।

उत्सुकतासहित प्रतिक्षामा रहेका पारखीहरुसमक्ष यो डिभाइस उपलब्ध गराउन नसक्नुले कम्पनीका वरिष्ठ उपाध्यक्ष लु वेइबिङले वेबोमा उक्त अवस्थाका कारण असुविधा भएकोमा अवस्थाको वर्णन गर्दै क्षमा माग्नुपरेको थियो।

प्रिसेलपछि यो डिभाइसको मोज्दात खस्केको थियो। लु ले स्न्यापड्रागन ८८८+ चिपसेटको आपूर्ति कम भएका कारण उत्पादनमा कमी आएको बताएका थिए।

यसको मूल्य ८/१२८ जीबी भेरियन्टको ७७० डलर तथा १२/५१२ जीबी भेरियन्टको ९७० डलर तोकिएको छ।

Global Bank
easy care

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

ताजा समाचार