शाओमीद्वारा ब्लगमा भूलवश रेडमी १० सार्वजनिक हुने मिति र विवरण सार्वजनिक

Technology Khabar ३१ श्रावण २०७८, आईतवार

शाओमीद्वारा ब्लगमा भूलवश रेडमी १० सार्वजनिक हुने मिति र विवरण सार्वजनिक

काठमाडौं ।

रेडमी १० को स्पेसिफिकेशन, फोटो तथा अन्य महत्वपूर्ण विवरण हालै शाओमीको एमआई डट कम वेबसाइटमा एउटा ब्लग पोस्टमा सार्वजनिक भएको छ।

एक्सडीए डेभलपरहरुले यसअघि बताए अनुसार शाओमीले उक्त ब्लग पोस्टमा यो डिभाइस अगस्ट १३ मा सार्वजनिक हुने उल्लेख भएको र पोस्ट आएको केहीबेरपछि हटाइएको थियो। तर यसको क्याश भर्सन भने हेर्न सकिने अवस्थामा उपलब्ध थियो।

उक्त ब्लग अनुसार यो स्मार्टफोन तीन अलग अलग स्टोरेज भेरियन्टमा आउने छ जसमा ४ जीबी+६४ जीबी, ४ जीबी+१२८ जीबी तथा ६ जीबी+१२८ जीबी रहनेछन्। ब्लगमा यसको रंग कार्बन ग्रे, पेबल ह्वाइट तथा सी ब्लू रहने र यिनीहरु म्याट, स्मूथ तथा ग्लसी फिनिसमा उपलब्ध हुने पनि बताइएको थियो।

एन्ड्रोइड ११ का साथमा एमआईयूआई १२.५ रहने यो डिभाइसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्च फुल एचडी+ डट डिस्प्ले दिइएको छ। यसमा मिडियाटेकको अक्टाकोर हिलियो जी८८ चिपसेट उपलब्ध हुनेछ।

क्वाड क्यामरामध्ये मुख्य शूटर ५० मेगापिक्सेलको रहनेछ भने सेल्फी क्यामराको सेन्सर ८ मेगापिक्सेलको हुनेछ।

Global Bank
easy care

प्रकाशित: ३१ श्रावण २०७८, आईतवार

ताजा समाचार