शाओमीको आफ्नो अधिकृत सेवा केन्द्र वीरगञ्जमा शुरुवात

Technology Khabar २९ श्रावण २०७८, शुक्रबार

शाओमीको आफ्नो अधिकृत सेवा केन्द्र वीरगञ्जमा शुरुवात

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा आफ्नो नवीनतम अथोराइज्ड सर्भिस सेन्टर (एएससी) को घोषणा गरेको छ । रुताजमल, आदर्शनगर, वीरगन्जमा अवस्थित, यो एएससीसंग, शाओमीले नेपालमा आफ्नो बिक्री पछिको सेवा नेटवर्कलाई अझ सुदृढ बनाएको छ ।

शाओमीका अन्य सेवा केन्द्रहरु काठमाडौँ, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन् ।

सो अवसरलाई सम्बोधन गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, “सेवाको गुणस्तर प्रदान गर्नु शाओमीमा हाम्रो प्रमुख स्तम्भहरु मध्येको एक भएकोले, हामी हाम्रो बिक्री पछि र ग्राहक सेवाको प्रयासहरुमा हाम्रो नवीन उपायहरुको सबै भन्दा राम्रो लागू गर्नको लागी प्रयास जारी राख्दछौँं । यी नवीन प्रयासहरुले हामीलाई हाम्रो मी प्रशंसकहरु र नेपालमा ग्राहकहरुको माया र विश्वास कमाउनको लागि मद्दत पुर्याउन महत्वपूर्ण भुमिका खेलेको छ जसले हामीलाई देशमा अघि बढ्न मद्दत गरेको छ । हामी आशा गर्दछौं कि यो नयाँ सेवा केन्द्रले नेपालमा हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्चस्तरीय सेवाको गुणस्तर प्रदान गर्ने दिशामा हाम्रो स्थिति र प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ ।”

लन्चको पहिलो हप्तामा, एमआई प्रशंसकहरुले सबै शाओमीका उत्पादनहरुमा र वारेन्टी नभएको मोडेलहरुमा सहित निःशुल्क सेवाको लाभ उठाउन सक्दछन् । शाओमी नेपालले यसका लागि एउटा सेवा शिविर स्थापना गर्ने छ । एमआई फ्यानहरुले शाओमी नेपालको सामाजिक मिडिया ह्यान्डलमा सेवा शिविर समयको जाँच गर्न सक्दछन् ।

यी अथोराइज्ड सेवा केन्द्रहरुको सुरुवातसंगै नेपालमा प्रयोगकर्ता समुदायहरुमा अधिकृत उत्पादनहरुको उपयोगमा वृद्धि भएको ब्रान्डले देखेको छ । शाओमीले नेपालमा बिक्री पछिको आफ्नो नेटवर्कलाई सुदृढ बनाउन जारी राखेको जनाएकोछ ।

Global Bank
easy care

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार

ताजा समाचार