राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउने तयारी, चालु आवमा सम्भाव्यता अध्ययन गरिने

Technology Khabar २९ श्रावण २०७८, शुक्रबार

राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउने तयारी, चालु आवमा सम्भाव्यता अध्ययन गरिने
फाइल तस्बिर

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउने तयारीसहित अध्ययन गर्ने भएको छ ।

आज आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महा प्रसाद अधिकारीले विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भईरहेको सन्दर्भमा नेपालमा समेत केन्द्रीय बैंक विद्युतीय मुद्रा Central Bank Digital Currency को सम्भाव्यता अध्ययन गरिने घोषणा गरे ।

यसका साथै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार प्रवद्र्धन वर्षको रुपमा मनाउने भएको छ भने चालु आर्थिक वर्ष आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिइने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको आवेदनदेखि स्वीकृति गर्नेसम्मको प्रक्रियालाई विद्युतीय माध्यमबाट हुने व्यवस्थाका लागि सहजीकरण गर्न डिजिटल कर्जा मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ।

नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको आवेदन विद्युतीय माध्यममार्फत् गर्न सकिने व्यवस्था मिलाइने उल्लेख छ ।

भुक्तानी प्रणाली लगायतका तथ्याङ्क तथा सूचनाहरु सुरक्षित रुपमा व्यवस्थापन गर्न क्लाउड पूर्वाधारको प्रयोग गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने भएको छ।

Global Bank
easy care

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार