गुगलले पूर्ण रुपमा घरबाटै काम गर्न चाहने कर्मचारीको तलब काट्ने

Technology Khabar २९ श्रावण २०७८, शुक्रबार

गुगलले पूर्ण रुपमा घरबाटै काम गर्न चाहने कर्मचारीको तलब काट्ने

काठमाडौं ।

गुगलले पूर्ण रुपमा घरबाटै काम गर्न चाहने आफ्ना अमेरिकी कर्मचारीहरुको तलब काट्ने भएको छ।

अमेरिकी टेक जायन्ट गुगलले तलबको हिसाब किताब गर्ने क्याल्कुलेटर बनाएको छ जसमार्फत् कर्मचारीहरुले घरबाटै काम गर्नु वा कार्यालय आफ्नो पायक पर्ने ठाउँमा सार्नुले तलबमानमा के कति प्रभाव पार्छ भन्ने हिसाब थाहा पाउन सक्नेछन्।

लामो दूरीबाट कार्यालय आउजाउ गर्ने केही कर्मचारीहरुको भने ठेगाना परिवर्तन नगरे पनि तलबमा कटाैती हुने बुझिएको छ।

गुगल हाल यो नीति बेलायतमा भने लागू गर्ने योजनामा नरहेको बताइएको छ। कोरोना महामारीका बीच थुप्रै व्यवसाय र संघ संस्थाका कर्मचारीहरुले पूर्ण रुपमा घरबाटै काम गर्न सहज हुने प्रमाणित गरिसकेका छन्।

थुप्रै कम्पनीहरु कोरोना महामारी घटेपछि कर्मचारीहरको काम गर्ने तरिका कस्तो हुनेछ भन्नेमा चिन्तित भइरहेका छन्।

माइक्रोसफ्ट, फेसबुक तथा ट्विटरजस्ता ठूला कम्पनीहरुले कर्मचारीको ठाउँ र त्यहाँको जीवन यापनको अवस्था हेरेर तलबमा कटोती गर्दै आएका छन्।

तर रेडिट तथा जिलोजस्ता साना संस्थाले कर्मचारीले जहाँबाट काम गरे पनि उत्ति नै तलब दिने र यसले काममा विविधता ल्याउने बताएका छन्।

Global Bank
easy care

प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार