त्रिभुवन विश्वविद्यालय इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडियो

Technology Khabar २८ श्रावण २०७८, बिहीबार

त्रिभुवन विश्वविद्यालय इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडियो

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र ‘इडियुरोम’को विश्वव्यापी सञ्जालमा जोडिएको छ।

विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसीया इन्फरमेसन नेटवर्क) नेपालमा जोडिएको थियो।

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले त्रिभुवन विश्वविद्यालयलाई इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व गरेको हो।

हालसम्म नेपालका नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय लगायत २५ वटा संघ/संस्थाहरु यस सञ्जालमा आबद्द भएका छन् ।

इडियुरोम अनुसन्धान र शैक्षिक संघ/संस्थाका व्यक्तिहरुलाई विश्वका अन्य संघ/संस्थामा सहजै नेटवर्क पहुँच उपलव्ध गराउने विश्वव्यापी सेवा हो।

इडियुरोम सेवामा जोडिएसँगै क्याम्पसभित्र २२० वटा विभिन्न एक्सेस प्वाइन्टहरु उपलब्ध भएका छन्। यसका साथै त्रिभुवन विश्वविद्यालय ग्लोबल रिसर्च एण्ड एजुकेसन नेटवर्कमा आबद्द भएको छ।

इडियुरोम सेवामा जोडिएसँगै त्रिभुवन विश्वविद्यालयले अर्को विश्वविद्यालयका इन्टरनेट लगायतका सेवाहरुमा स्वत पहुँच स्थापित हुन्छ । यसबाट आफ्नो संस्थामा प्रयोग हुने पासवर्डबाट नै इन्टरनेट लगायतका सेवामा जोडिन सकिनेछ।

easy care

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

ताजा समाचार