Technology Khabar २७ श्रावण २०७८, बुधबार
काठमाडौं ।
असुसले आफ्नो रोग फोन ५एस लाई आगामी अगस्ट १६ मा सार्वजनिक गर्ने भएको छ।
यो डिभाइसको नामको पछाडि एस जोडिनुले यसअघि नै आइसकेको मोडलको अपग्रेड भन्ने बुझाउँछ। यस हिसाबले रोग फोन ५एस पनि अस अघि अप्रिलमा सार्वजनिक भएको रोग फोन५ मा हल्का थपघट गरेर निकालिएको हुन सक्ने आकलन गरिएको छ।
क्वालकमको अत्याधुनिक स्न्यापड्रागन ८८८+ चिपसेट बजारमा उपलब्ध भइसकेको र शाओमी एमआई मिक्स ४ मा प्रयोग भइसकेकाले अन्य ब्रान्ड पनि आफ्ना फ्ल्यागशिप फोनमा यो चिपसेट राख्न आतुर देखिन्छन्।
यसै हिसाबले नयाँ बाहिरिएको विवरणले असुसले पनि रोग फोन ५एसमा यही चिपसेट राख्ने बुझिएको छ।
असुस रोग फोन ५एसमा यसअघिको भर्सनमा भएको स्न्यापड्रागन ८८८ को सट्टा ८८८+ दिइएको छ भने र्याम पनि बढाइएको छ।
यो डिभाइस १६ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज तथा १८ जीबी र्याम र ५१२ जीबी आन्तरिक स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध हुने बुझिएको छ।
यसमा १२० हर्ज रिफ्रेश रेट सहितको ओइलईडी डिस्प्ले तथा ६५ वाट फास्ट चार्जिङसहितको ६ हजार एमएएच क्षमताको ब्याट्री पनि रहनेछ।
प्रकाशित: २७ श्रावण २०७८, बुधबार