गुगल वन भीपीएन अब थप ७ देशमा उपलब्ध हुने

Technology Khabar २७ श्रावण २०७८, बुधबार

गुगल वन भीपीएन अब थप ७ देशमा उपलब्ध हुने

काठमाडौं ।

गुगल वनले आफ्ना यूजरहरुलाई उपलब्ध गराउँदै आएको भीपीएन सेवा अमेरिकामा मात्र सीमित भएकोमा अब भने थप ७ देशमा पनि विस्तार हुने भएको छ।

क्यालिफोर्नियामा रहेको माउन्टेन भ्यूले अन्तत: यूरोप र उत्तर अमेरिकाका गरी थप ७ देशमा कम्तीमा २ टेराबाइट प्लान लिँदै आएका प्रयोगकर्ताका लागि गुगल वन भीपीएन उपलब्ध गराउने भएको हो।

यसरी सेव विस्तार हुने देशहरुमा क्यानडा फ्रान्स जर्मनी इटली मेक्सिको स्पेन र बेलायत छन्। यो सेवा उपभोग गर्नका लागि मासिक ९.९९ वा वार्षिक ९९ डलर तिर्नुपर्ने बताइएको छ।

निशुल्क १५ जीबी, १०० जीबी र २०० जीबी क्षमताका सस्ता तीन तहका प्लान लिनेशरुका लागि यो भीपीएन उपलब्ध हुने छैन। यो मूल्य २ टीबी प्लान लिनेहरुका लागि निर्धारण गरिएको हो।  

सुरक्षित निजी कनेक्शनमार्फत् सम्वेदनशील सूचनाको संरक्षणलगायतका अधिकांश भीपीएन फङ्शनहरु अन्य प्लेटफर्मका जस्तै भए पनि यसको एउटा मुख्य बेफाइदा भनेको यूजरल भीपीएनको लोकेशन छान्न पाउँदैनन्।

यसबाहेक केही यूजरले भोग्नुपरेको अर्को समस्या भनेको यसको उपलब्धता हो। गुगल वन भीपीएन हाल एन्ड्रोइड डिभाइसहरुमा मात्र उपलब्ध रहेको छ।

गुगल आईओएस तथा म्याकओएस र विन्डोजका लागि क्लाइन्टको विकास गरिरहेको छ। तर एन्ड्रोइड फोन र २ टीबी डाटा प्लान भएको खन्डमा गुगल वन एपमा रहेको बेनिफिट ट्याबमार्फत् सहजै भीपीएन इनेबल गर्न सकिनेछ।

easy care

प्रकाशित: २७ श्रावण २०७८, बुधबार