ग्रामीण दूरसञ्चार विकास कोषमा गत वर्ष १ अर्ब ७७ करोड रुपैयाँ जम्मा, सबैभन्दा धेरै रकम एनसेलले बुझायो

Technology Khabar २६ श्रावण २०७८, मंगलवार

ग्रामीण दूरसञ्चार विकास कोषमा गत वर्ष १ अर्ब ७७ करोड रुपैयाँ जम्मा, सबैभन्दा धेरै रकम एनसेलले बुझायो

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेड ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मा गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै योगदान गर्ने दूरसञ्चार सेवा प्रदायक हुन सफल भएको छ । कम्पनीले गत आवमा सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै रकम कोषमा बुझाएको तथ्यांकमा देखिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार एनसेलले गत आर्थिक वर्ष २०७७/७८ मा ग्रामीण दूरसञ्चार विकास कोष आरटिडीएफमा ९३ करोड ४८ लाख ९५ हजार ४२९ रुपैयाँ २५ पैसा योगदान गरेको छ ।

यो रकम सेवा सरकारी सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको भन्दा निकै उच्च हो ।

एनसेलले करिब १ अर्बको हाराहारी रकम आईटिडीएफमा योगदान देखिँदा नेपाल टेलिकमले भने सो कोषमा ६९ करोड ४६ लाख ६६ हजार ६९२ रुपैयाँ जम्मा गरेको देखिन्छ ।

यी दुई बाहेक आरटिडीएफमा धेरै रकम योगदान गर्नेमा ठूला इन्टरनेट सेवा प्रदायकहरु रहेको तथ्यांकमा देखिन्छ।

टेक्नोलोजीखबरले प्राप्त गरेको ग्रामिण दूरसञ्चार विकास कोषमा बुझाएको तथ्यांकअनुसार इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै रकम वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बुझाएकोछ । वर्ल्डलिंकले सो अवधिमा ५ करोड ९१ लाख १२ हजार ३०० रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाएको छ।

त्यसैगरि दोस्रो धेरै रकम बुझाउनेमा सुबिसु केबलनेट प्रालि रहेको छ । जसले २ करोड ८५ लाख ७ हजार १०७ रुपैयाँ बुझाएको छ ।

इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स प्रालिले कोषमा १ करोड ६० लाख २४ हजार ७३५ रुपैयाँ बुझाउँदै तेस्रो इन्टरनेट सेवा प्रदायक भएको छ भने टेकमाइण्ड्स नेटवर्क प्रालिले १ करोड १९ लाख ५१ हजार ७५६ रुपैयाँ ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाउँदै चौथो धेरै रकम बुझाउने इन्टरनेट सेवा प्रदायक भएको छ ।

हालसम्म उपलब्ध तथ्यांकअनुसार सो कोषमा गत आवमा ६५ वटा कम्पनीहरुले रकम बुझाएका छन् । ती कम्पनीहरुमार्फत सरकारले कोषमा गत आवका लागि १ अर्ब ७६ करोड ६८ लाख ५८ हजार ६८२ रुपैयाँ ५२ पैसा उठाउन सफल भएको छ।

Global Bank
easy care

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

ताजा समाचार