यसरी अनलाइनबाटै आफैंले अन्तःशुल्क इजाजत पत्र नवीकरण गर्नुस्

Technology Khabar २६ श्रावण २०७८, मंगलवार

यसरी अनलाइनबाटै आफैंले अन्तःशुल्क इजाजत पत्र नवीकरण गर्नुस्
Global IME Bank

काठमाडौं ।

अन्तःशुल्कमा दर्ता भएका करदाताहरुले आफ्नो इजाजत पत्र अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन् ।

आन्तरिक राजस्व विभागले अन्तःशुल्कमा दर्ता भएका करदाताहरुलाई अनलाइनबाटै आफैंले इजाजत पत्र नवीकरण गर्न सक्ने सुबिधा दिएको छ ।

विभागकाअनुसार अनलाइन सेवामार्फत करदाता आफैंले विद्युतीय माध्यमबाट अन्तःशुल्क इजाजत नवीकरण गर्न सक्दछन् । जसअनुसार ट्याक्सपेयर पोर्टलको एक्साइज मेनु भित्र सेल्फ रिन्यु परमिट प्रणालीमार्फत करदाताले इजजात पत्र नवीकरण गर्न सक्दछन् ।

सो प्रणालीमा गई स्थायी लेखा नम्बर, इजाजत नम्बर उल्लेख गरेपछि विभागबाट लाग्ने नविकरण दस्तुर, दाखिला गर्नुपर्ने राजस्व शीर्षकसहितको भौचर तयार हुन्छ । सो भौचरअनुसारको रकम समेत विद्युतीय माध्यमबाटै विभागमा भुक्तानी गर्न सकिन्छ।

विभागको प्रणालीबाट तयार भएको भौचरमा रहेको कारोबार संकेत नम्बर लिई सोही दिन बैंकमा गई दस्तुर दाखिला गरेपछि इजाजत पत्र नवीकरण हुने भएको छ।

इजाजत पत्र नवीकरण गर्ने तरीका यस्तो छः

१. आन्तरिक राजस्व विभागको वेबसाइट https://ird.gov.np/ लगइन गर्ने ।

२. ट्याक्सपेयर पोर्टल लगइन गर्ने ।

३. एक्साइज मेनु भित्र रहेको सेल्फ रिन्यु परमिट https://taxpayerportal.ird.gov.np/taxpayer/app.html मा क्लिक गर्ने ।

४. ईपरमिट रिन्यूमा क्लिक गर्ने र करदाताको प्यान र परमिट नम्बर प्रविष्टि गर्ने ।

५. त्यसपछि रजिष्टर गर्ने, यसपछि तिर्नुपर्ने कर देखाउँछ ।

६. अब बैंक छनोट गर्ने र सवमिट गर्ने । यसले दाखिला भौचर तयार गर्छ । करदाताले कनेक्ट आईपीएसमार्फत उक्त दस्तुर दाखिला गर्न सक्नेछन् ।यदि बैंकमा गई नगद दाखिला गर्ने हो भने सो भौचरको कारोबार संकेत नम्बर टिपेर बैंकमा जाने र सो कारोबार संकेत बैंकमा पेश गरि सो बमोजिम दस्तुर तिर्ने, करदाताको ‘केवाईसी अपडेट’ भएको छ भने एसएमएसबाट जानकारी पठाउने व्यवस्था रहेको छ ।

७. यसरी दस्तुर दाखिला गरेपछि पुनः ट्यासपेयर पोर्टलमा लगइन गर्ने ।

८. त्यसपछि जनरलमा लगइन गर्ने ।

९. प्रिन्ट एक्साइज परमिटमा क्लिक गर्ने ।

१०. प्यान र परमिट नम्बर परविष्ट गर्ने ।

११. एक्साइज सर्टिफिकेटको प्रिन्ट आइकनमा क्लिक गरि प्रिन्ट गर्ने ।

विभागका अनुसार करदाता आफैंले कार्यालयमा निवेदन दिन पुग्ने र त्यस अनुसार इजाजत नवीकरणको फारम भर्ने पद्दतिले गर्दा कतिपय अवस्था त्रुटी हुने गरेको भन्दै अनलाइन नविकरणमा जोड दिईएको हो ।

त्यसक्रममा स्थायी लेखा नम्बर, राजस्व शीर्षक नम्बर, कार्यालय कोड र रकमलगायतमा बढी त्रुटी हुने गरेको छ । जसले दैनिक धेरै भौचर संशोधन गर्नुपर्ने झण्झट समेत अब अनलाइन माध्यमको प्रयोगले कम हुने अपेक्षा विभागको छ ।

अनलाइन सेवा मार्फत अन्तशुल्क इजाजतपत्र नविकरण गर्न करदातालाई विभागको प्रणालीबाट भौचर तयार गरेर सोही दिन बैंकमा गई नगद दाखिला गर्ने वा विद्युतीय माध्यमबाट दस्तुर दाखिला गर्ने भन्ने विषयमा करदाता तर अन्य सरोकारवाला व्यक्ति र निकायहरुलाई  जानकारीमूलक अनुरोध समेत गराउने भएको छ ।

Sajilo Visa

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया