टेस्लाको आग्रहपछि भारतले विद्युतीय सवारी करमा भारी छुट गर्ने संकेत

  • Technology Khabar | २६ श्रावण २०७८, मंगलवार
टेस्लाको आग्रहपछि भारतले विद्युतीय सवारी करमा भारी छुट गर्ने संकेत

काठमाडौं ।

भारतले विद्युतीय सवारी आयातमा लगाउँदै आएको कर घटाएर ४० प्रतिशतसम्म बनाउने संकेत देखिएको छ।

सोमबार दुई सरकारी अधिकारीहरुले अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई यस्तो जानकारी दिएका हुन्।

यो जानकारी टेस्ला इंकले सवारी आयातमा भारतको कर विश्वकै उच्च भएको र त्यसलाई घटाउन आधिकारिक आग्रह गरेको केही दिनपछि आएको हो।

आयात गरिने विद्युतीय सवारी ४० हजार डलरभन्दा कम भएमा त्यसमा लाग्दै आएको ६० वबाट घटाएर करको दर ४० प्रतिशत बनाउने र ४० हवार डलरमाथिका मूल्य भएकाका लागस लाग्दै आएको १०० प्रतिशतलाई घटाएर ६० प्रतिशतमा ल्याउने तयारी भइरहेको ती अधिकारीहरुले जानकारी दिए।

‘हामीले करमा छुट गरिसकेका छैनाैं तर यसमा छलफल चलिरहेको छ’, एक अधिकारीले भने।

टेस्लाले भारत सरकारलाई कर छुटको आग्रह गर्दा विद्युतीय सवारी कर ४० प्रतिशतसम्म ल्याउँदा किन्न सकिने र बिक्री सङ्ख्या पनि बढ्ने बताएका रोयटर्सले लेखेको छ।

मस्कको आग्रहपछि यस्तो गर्नाले कतै देशको आन्तरिक अटो उत्पादकको भविष्यमा नकारात्मक असर त पर्दैन? भन्ने अटो वृत्तमा एउटा खलबली नै मच्चिएको थियो।

तर टेस्लाजस्तो कम्पनी देशमा आउँदा अर्थतन्त्रलाई टेवा पुग्छ भने उक्त कम्पनीलाई यहीँ प्लान्ट राख्न लगाउन पनि सकिने सरकारको धारणा रहेको बुझिएको छ।

प्रकाशित: २६ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार