भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा उपलब्ध

Technology Khabar २५ श्रावण २०७८, सोमबार

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा उपलब्ध

काठमाडौं ।

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ। आईतबारबाट भी २१ ई फोन बजारमा उपलब्ध भएको हो।

४४ मेगापिक्सेलको आई अटोफोकस फ्रन्ट क्यामरा जडान गरिएको फोनमा नाइट पोटे्रट समेत समावेश गरिएको छ। यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मदत गर्ने कम्पनीले जनाएको छ।

अगष्ट ८ देखि १० तारिखसम्म भी २१ ई स्मार्टफोन खरिद गर्नेले लन्च अफरको रुपमा निःशुल्क इयरबड जित्ने अवसर पाउने छन्।

यसमा अटो फोकस फिचर पनि रहेको छ। जसले गर्दा सफा इमेज, बेटर नाइट सट, ४के गुणस्तरको स्टेबल भिडियो खिच्न सकिने छ।

यसमा रहेको डुवल भ्यू भिडियो, स्लो मोशन सेल्फी भिडियो, फोरके सेल्फी भिडियो एट स्टेडीफेश सेल्फी भिडियो जस्ता सुविधा छन् । भिभोका अनुसार ६४ मेगापिक्सेल नाइट क्यामराले उत्कृष्ट इमेज क्वालिटी दिन सक्छ र माइक्रोफोटोग्राफीमा अरु क्यामेराभन्दा राम्रो परिणाम दिनेछ।

यसले फोरके गुणस्तरको इमेज, भिडियो र इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसनले उत्पादनलाई सानो साइजमा राख्न मदत गर्दछ।

भी २१ इ मा क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर प्रयोग गरिएको छ । फोनमा ८ जीबी र्याम र १२८ जीबी रोम रहेको छ भने ३ जीबी एक्सटेन्डेबल र्यामको बिशेषता रहेको छ।

३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बनाइएको छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ३९ हजार ९९९ रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २५ श्रावण २०७८, सोमबार