डाटामा अनधिकृत पहुँच गरेको आरोपमा गुगलका दर्जनौं कर्मचारीहरु बर्खास्त

Technology Khabar २५ श्रावण २०७८, सोमबार

डाटामा अनधिकृत पहुँच गरेको आरोपमा गुगलका दर्जनौं कर्मचारीहरु बर्खास्त

काठमाडौं ।

टेक जायन्ट गुगलले कथित डाटा दुरुपयोगको आरोपमा २०१८ देखि २०२० को बीचमा दर्जनौं कर्मचारीहरुलाई बर्खास्त गरेको छ।

मदरबोर्डद्वारा प्राप्त एक लीक दस्तावेजकोअनुसार कम्पनीका कर्मचारीहरुमाथि आन्तरिक जाँचको डाटा बाहिर आएको छ। कम्पनीले प्रयोगकर्ताको डाटाको उल्लंघन/दुरुपयोग गरेको भन्दै धेरै कर्मचारीहरुलाई बर्खास्त गरेको थियो।

दस्तावेजका अनुसार ८६ प्रतिशत सबै आरोप गोप्य सूचनाको दुरुपयोग लगायत अन्य पार्टीहरुलाई जानकारी हस्तान्तरण सहितका विषयमा केन्द्रित छन्। वर्ष २०२० मा ३६ कर्मचारीहरुलाई बर्खास्त गरीएको थियो र १० प्रतिशत मामिलाहरु प्रणालीको गलत व्यवस्थापनसँग सम्बन्धित थिए।

सन् २०१९ मा २६ र २०१८ मा १८ जना कर्मचारीहरु बर्खास्त भएका थिए।
यो तेस्रो पक्षहरुको लागी अनधिकृत पहुँचको अनुमति दिने, परिमार्जन वा कर्मचारीले डाटा मेटाउने, र नाजायज तरीकाले प्रयोगकर्ताको डाटा पहुँच गर्ने विषयहरु शामिल छ। सन् २०२० को तुलनामा २०१९ मा १३ प्रतिशत बढि आरोप सुरक्षा उल्लंघनका थिए। सन् २०१९ मा २६ जनाले आफ्नो जागिर गुमाएका थिए ।

यस बारेमा जानकारी चुहाउने स्रोतले मदरबोर्डलाई बताएअनुसार गुगलले आरोपीका साथ प्रशिक्षण, कोचिंग र गम्भीर चेतावनीसहित अन्य कदम उठाउन सक्छ। गुगलका एक प्रवक्ताले भने, “धेरै जसो केसहरु स्वामित्व र संवेदनशील कर्पोरेट जानकारी वा आईपीको दुरुपयोगसंग सम्बन्धित छ।” एजेन्सी

easy care

प्रकाशित: २५ श्रावण २०७८, सोमबार

ताजा समाचार