कामना सेवा विकास बैंकमै अब डिम्याट खाता खोल्न सकिने, सिडिएससीसँग सम्झौता

Technology Khabar २४ श्रावण २०७८, आईतवार

कामना सेवा विकास बैंकमै अब डिम्याट खाता खोल्न सकिने, सिडिएससीसँग सम्झौता
NTC_Advt

कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता भएसँगै अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । यससँगै बैंकमा सर्वसाधारणले हितग्राही खाता (डिम्याट) खोल्न सक्नेछन् ।

पुतलीसडक स्थित सिडिएससीको कार्यालयमा एक कार्यक्रमकाबीच सिडिएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल सिडिएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

बैंकले सोसियल मिडिया बैंकिङ्ग, के एस आई मोबाइल जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७८, आईतवार