वनप्लसको १२ जीबी र्याम भएको स्मार्टफोन १२० हर्ज डिस्प्लेसहित नयाँ स्वरुपमा आउँदै

Technology Khabar २४ श्रावण २०७८, आईतवार

वनप्लसको १२ जीबी र्याम भएको स्मार्टफोन १२० हर्ज डिस्प्लेसहित नयाँ स्वरुपमा आउँदै

काठमाडौं ।

वनप्लसले छिट्टै आफ्नो चर्चित स्मार्टफोन वनप्लस ९ प्रो लाई नयाँ स्वरुपमा सार्वजनिक गर्ने भएको छ।

हालै यो स्मार्टफोनको सेतो रंगको भेरियन्टको झलक प्रस्तुत गरिएको छ।

हालै चिनियाँ सामाजिक सञ्जाल वेबोमा कू लिउ फेङशुओ नामका यूजरले उक्त स्मार्टफोनका बारेमा पोस्ट गरेपछि कम्पनीले फोनको टिजर तथा भिडियो राखेको छ।

यो स्मार्टफोनलाई कम्पनीले यसै वर्षको शुरुवातमा मर्निङ मिस्ट, पाइन ग्रीन तथा स्टेलर ब्ल्याक रंगमा सार्वजनिक गरेको थियो। हाल झलक देखाइएको सेतो रंगको भेरियन्टमा म्याट फिनिश रहने बुझिएको छ।

कम्पनीले यो मक्षडलको व्हाइट शेड अर्थात् सेतो रंगको भर्सन छिट्टै चीनमा सार्वजनिक गर्ने बुझिएको छ। तर यसलाई खरिदका लागि चीनबाहेक विश्वका अन्य स्थानमा कहिले उपलब्ध गराइनेछ भन्ने कुनै जानकारी छैन।

फोनको यो सेतो रंगको अप्शनलाई वनप्लस फ्ल्यागशिपको आठाैं स्थापना दिवसका लागि समर्पित गरिएको छ। तर कम्पनीले उक्त फोन खरिदका लागि उपलब्ध हुनेछ या छैन भन्ने पक्का गरेको छैन। यदि खरिदका लागि उपलब्ध भएमा मूल्यमा पहिलेको भन्दा के फरक हुनेछ भन्ने पनि खुलाइएको छैन।

यसमा १२० हर्ज रिफ्रेश रेटसहितको फ्लुइड एमोलेड डिस्पले, पछाडि ट्रिपल क्यामरा सेटअप तथा क्वालकमको स्न्याड्रागन ८८८ चिपसेट रहनेछ।

यसमा पहिलेरदेखि नै १२ जीबी र्याम तथा २५६ जीबीसम्मको आन्तरिक स्टोरेज उपलब्ध छ।

easy care

प्रकाशित: २४ श्रावण २०७८, आईतवार