Technology Khabar २४ श्रावण २०७८, आईतवार
काठमाडौं ।
एलजीको निकै समयदेखि प्रत्याशित रोलेबल ओएलईडी फोरके (OLED 4K) टिभी अब विशेष गरी कम्पनीको वेबसाइटमा अर्डरको लागी उपलब्ध भएको छ । यसलाई कम्पनीले सिग्नेचर ओएलईडी आरको रूपमा शुरू गरीरहेको छ।
६५ इन्चको रोलेबल डिस्प्लेको लागी १ लाख अमेरिकी डलर अर्थात करिब १ करोड २० लाख रुपैयाँ मूल्य तोकिएको छ, र एलजीले यी एकाइहरुलाई एक पटक अर्डर दिएपछि कम्तिमा दुई महिना शिपमेन्टमा लाग्ने बताएको छ।
पहिलो पटक सिईएस २०१८ मा एलजीको रोलेबल ओएलईडी टिभी प्रदर्शन गरिएको थियो, जहाँ यो प्रीमियम टिभी डिजाइनको भविष्यको एक झलक जस्तै देखिन्थ्यो। तीन बर्ष पछि पनि सिग्नेचर ओएलईडी आरको रोलेबल ग्लास प्यानल र स्टोरेज संयन्त्रको पछाडि रहेको टेक्नोलोजी प्रभावशाली रहेको छ, तर असाधारण मूल्यले यसलाई सबैको पहुँचबाट बाहिर राख्छ तर सबैभन्दा धेरै विलासीहरु यसका ग्राहक हुनेछन् ।
सिग्नेचर ओएलईडी आर रोलेबल टिभी एलजीको गुमी दक्षिण कोरिया, कारखानामा बन्दछन् र केहि कार्यहरु पुरा गर्न हातको प्रयोगमार्फत एक नाजुक प्रक्रियाको आवश्यकता हुन्छ। एक रोलेबल ग्लास ओएलईडी प्यानलको विकास तीन बर्ष लाग्यो, र एलजीले संयन्त्रलाई पूर्ण गर्ने प्रक्रियालाई नियन्त्रण गर्न अतिरिक्त दुई बर्ष बितायो।
एलजीले सिग्नेचर ओएलईडी आर रोलेबल टिभी कम्तीमा २२ बर्षसम्म टिक्ने अपेक्षा गरिएको बताएको छ, जसमा दर्शकले हरेक दिन एक दर्जन पटक सम्म टिभीलाई अनरोल गर्ने मानिएको छ। तर १ लाख डलर मूल्य तोकिएको यो टिभी पनि केबल एक बर्ष निर्माताको वारेन्टीका साथ आउँछ।
सिग्नेचर ओएलईडी आर सबै उही उत्कृष्ट सुविधाहरुका साथ आउँछ जसमा हामी एचडीएमआई २.१ पोर्टहरु तथा डल्बी भिजन र डल्बी एटमसको लागी सपोर्ट हुनेछ।
ओएलईडी आरमा अन्य एलजीको नवीनतम फ्ल्यागशिप टिभीमा भएको जस्तै ए९ जेन४ प्रोसेसरको सुविधा छ र एप्स र अन्य सुविधाहरुको लागी उस्तै वेबओएस इन्टरफेसको उपयोग गर्दछ। एलजीको सिग्नेचर ओएलईडी आरमा पनि आवाज नियन्त्रण र गति नियन्त्रण कर्सरका साथ एलजीको म्याजिक रिमोटको उपयोग गर्दछ। एजेन्सी
प्रकाशित: २४ श्रावण २०७८, आईतवार