टेलिकमका कर्मचारीहरुलाई प्रबन्ध निर्देशक अधिकारीको अपिल, सबै मिलेर समस्याहरु समाधान गरौं

Technology Khabar २२ श्रावण २०७८, शुक्रबार

टेलिकमका कर्मचारीहरुलाई प्रबन्ध निर्देशक अधिकारीको अपिल, सबै मिलेर समस्याहरु समाधान गरौं
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी । फाइल फोटो

काठमाडौं ।

नेपाल टेलिकममा विगत दुई साताभन्दा बढि समयदेखि जारी आन्दोलनले उठाएका अधिकांश मागहरु पुरा भईसकेका र केहि माग पुरा हुनेक्रममा रहेको भन्दै कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कर्मचारीहरुलाई आन्दोलन रोक्न आग्रह गरेका छन्।

उनले हालै कर्मचारीहरुलाई अपिल पत्र पठाउँदै वार्ताको माध्यमबाट समस्याहरु समाधान गर्न तथा कर्मचारी युनियन र व्यवस्थापन मिलेर संयुक्तरुपमा कम्पनीलाई सफल बनाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ।

टेलिकम सम्बद्ध स्रोतबाट उपलब्ध कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले जारी गरेको अपिलमा कर्मचारीहरुले आन्दोलनमार्फत नयाँ कर्मचारी विनियमावली लागू भएकासहित उठाएका मागहरुको बारेमा कम्पनी व्यवस्थापनको गंभिर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले कर्मचारी युनियनहरुबाट उठाईका विषयहरुको छलफल तथा वार्ता गरी सहमतिमा पुग्न व्यवस्थापनको तर्फबाट गठित वार्ता टोलीका पदाधिकारीहरु, र कम्पनीका कर्मचारी युनियनका प्रतिनिधिहरुबिच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा वार्ता जारी रहेको र छलफल र वार्ताको माध्यमबाट नै समस्याहरुको समाधान गर्नेतर्फ अग्रसर रहेको बताएका छन् ।

‘छलफल तथा वार्ताका माध्यमबाट समस्याहरुको समाधान गर्नेतर्फ सबै पक्षबाट सकारात्मक भूमिका निर्वाह भईरहेको अवस्थामा क्रियाशिल युनियनहरुबाट संयुक्त संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिएको प्रति कम्पनीको गंभिर ध्यानाकर्षण भएको छ,’ टेक्नोलोजीखबर डट कमलाई प्राप्त सो अपिलमा उल्लेख छ।

अपिलमा कम्पनीको संस्थागत सुधार, सेवा बिस्तार तथा गुणस्तर सुधार एवं कर्मचारीको सेवा सुबिधा र वृत्ति विकास लगायतका विषयहरुमा कम्पनीमा क्रियाशील कर्मचारी युनियनहरुसँग विभिन्न मितिमा सम्झौत तथा सहमति भएको र कतिपय विषयहरु कार्यान्वयन भईसकेको अवस्था रहेको जानकारी गराईएको छ।

त्यसैगरि कतिपय विषयहरु भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुरोध गरी सकिएको तथा कर्मचारी विनियमावलीको बारेमा देखिएका जटिलताहरु समितिमा पेश गर्न निर्देशन दिईसकेको हुँदा सो विषयमा वार्ताद्धारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताईएको छ ।

प्रबन्ध निर्देशक अधिकारीले कम्पनी व्यवस्थापन र कर्मचारी युनियनहरु बीचको सहकार्यमा नै विभिन्न समस्याहरु समाधान गरिएको भन्दै आगामी दिनमा समेत कम्पनीको साख र गौरबलाई जोगाई सहकार्य गर्न सकिने स्पष्ट पारिएको छ ।

त्यसैगरि प्रबन्ध निर्देशक अधिकारीले सो बारेमा पुरा भएका विषयहरु र युनियनहरुको मागका बुँदाहरुको बारेमा बिस्तृतरुपमा समेत जानकारी गराएको बताईएको छ।

यो पनि हेर्नुस्-

टेलिकमका कर्मचारीहरुसँग वार्ताको वातावरण बनाउन मन्त्रालयको सहजीकरण टोली गठन

Global Bank
easy care

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

ताजा समाचार