रियलमी बन्यो संसारको छिटो दश करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड

Technology Khabar २२ श्रावण २०७८, शुक्रबार

रियलमी बन्यो संसारको छिटो दश करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड

काठमाडौं ।

विश्वमा उदयमान प्रविधि कम्पनीका रुपमा देखिएको रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन विक्री गर्न सफल रहेको छ।

२०२० र २०२१ मा कोभिड महामारीले अर्थतन्त्रमा पारेको प्रभावका बाबजुद रियलमी तिव्र बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा स्थापित भएको छ भने स्ट्राटेजी अनालितिक्सको बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्राण्ड रियमली भएको देखाएको छ ।

अन्तर्राष्ट्रिय तथ्यांक

२०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्डका रुपमा रियलमी देखिएकोमा अन्तराष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ ।
५जी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ । यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ ।

विश्वमा रियलमीले गरेको बजार विस्तार र रियलमीको व्यापार रणनीतिलाई यस रिपोर्टले प्रमाणित गरेको छ। ३ वर्ष अघि मात्रै २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्राण्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौथो र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँसहित १३ वटा बजारमा यसको टप ५ स्मार्टफोन भित्र रहेको छ। १० करोड माइलस्टोनका साथ विश्वमा शानदार उपस्थित जनाएको रियलमी उदयीमान नवीनतम् ब्राण्ड हो, किनकी हरेक क्षेत्रमा यसले आफ्नो अगाडि ‘नेतृत्वकर्ता’ वा ब्राण्डमा ‘पहिलो’ थपेको छ ।

यसअघि नै १२५ वाटको अल्ट्राडार्ट चार्जिङ प्रविधि पहिलोपटक प्रयोग गर्ने र क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसरलाई पहिलोपटक प्रयोगमा ल्याइ रियलमीले आफ्नो एउटा परिचय बनाइसकेको छ । यो फोन ६४ मेगापिक्सल क्यामरासँग आउँछ। अझ रियलमी ५जी फोन रु.२४००० भन्दा कम मुल्यमा बेच्ने कम्पनी हो।

विश्वमा युवापुस्तालाई लक्षित गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्राण्ड निर्माण गरिरहेको छ, ‘हाम्रा प्रतिस्पर्धी ग्रुपसँग प्रतिस्पर्धाको साहस दिँदै हामीसँग जोडिएका हाम्रा उपभोक्ता र कर्मचारीले हामीलाई चुनौतीदेखि उन्नतिसम्मको हौसला दिँदै ट्रेन्डसेटिङ ब्राण्ड बन्न उत्प्ररेणा दिनुभएको छ,’ कम्पनीका सिईओ स्काई लिले भने ।

‘बितेका ३ वर्षमा औद्योगिक भावनाका साथ एउटा उचाई चुम्न रियलमीले अदम्य वृद्धि गरेको छ,’ लीले भने, ‘हामीलाई साथ दिने उपभोक्ताप्रति हामी आभारी छौँ, १० करोड मोबाइल फोन ढुवानी गर्ने हाम्रो लक्ष्यमा हामी पुगेका छौँ ।’ स्मार्टफोन बजारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै उनले विश्वमा आफ्ना उपभोक्तालाई सुलभ मूल्यमा प्रिमियम रेन्जका मोबाइल फोन उपलब्ध गराउने प्रतिवद्ध जाहेर गरे ।

लीले आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन विक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो माइल्स्टोन प्राप्त गर्ने दाबी गरे ।

प्राप्त उपलब्धिमाथि आफ्नो धारणा राख्दै रियमलीका उपाध्यक्ष तथा भारत तथा युरोपका लागि सीईओ माधव शेठले भने, ‘चुनौतीदेखि उन्नतिसम्मको नाराका साथ रियमली सँधैँ नम्बर वान ब्राण्ड बन्ने लक्ष्य राख्दछ, यसमा हाम्रा उपभोक्ताहरुले एक महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । आजका दिनमा रियमली संसारभर तिव्र १० करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन कम्पनी बनेको छ, हामी सँधैँ हाम्रा उपभोक्तालाई उत्कृष्ट सेवा दिनेमा प्रतिवद्धता व्यक्त गर्दछौँ ।’

यी उपलब्धि हासिल गर्न कम्पनीले व्यापक उत्पादन विकास रणनीति लिएको छ, जसलाई २ तरिकाले विस्तार गर्ने योजना कम्पनीको छ । हालै फ्लागशिप जीटी सिरिजलाई फ्लागशिप किलरमा रुपान्तरण गर्दै रियलमीले मध्यम देखी उच्च वर्गलाई लक्षित गर्दै उत्तर युरोप तथा चीनमा पठाएको छ ।

यसैगरी कम्पनी आगामी ५ वर्षभित्र विश्वमा प्रविधि प्रयोगकर्ताका लागि पूर्ण एआईओटी ब्राण्ड उपलब्ध गराउने रणनीति समेत लिएर अघि बढेको छ । १+५+त् रणनीति (जहाँ १ भनेको मोबाइल फोन, ५ भनेको वाइरलेस स्टेरियो एयरफोन, वेरबल, टीभी, ट्याब्लेट, ल्यापटप र टी भनेको एआईओटीको टेकलाइफ हो) अनुसार कम्पनी अघि बढेको छ । रियलमी आफ्नो उपभोक्तामाझ टेक्नोलोजीले सुधारिएको जीवनशैली किफायती मूल्यमा प्रदान गर्ने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार