किरिन ८३० चिपसेटयुक्त ह्वावे नोभा ८ स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा

Technology Khabar २१ श्रावण २०७८, बिहीबार

किरिन ८३० चिपसेटयुक्त ह्वावे नोभा ८ स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा

चिनियाँ टेक जायन्ट ह्वावेले गत २०२० डिसेम्बरमा सार्वजनिक गरेको नोभा ८ स्मार्टफोन हालै पहिलो पटक अन्तरराष्ट्रिय बजारमा उपलब्ध भएको छ।

तर यो भर्सनमा भने कम्पनीले २.५८ गिगाहर्ज सीपीयूसहितको ९८५ को सट्टा ७ एनएममा बनेको मिड रेन्ज किरिन ८२०ई चिपसेट राखेर रसियामा उपलब्ध गराएको हो।

ह्वावे नोभा ८ मा ६ कोर सीपीयूको साथमा माली-जी५७ जीपीयू राखिएको छ। यसबाहेक बाँकी सबै स्पेसिफिकेशन चिनियाँ भर्सनको जस्तै रहेको छ। यसमा ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ भने कार्ड स्लट उपलब्ध छैन।

६.५७ इन्चको फुल एचडी+ ओएलईडी रेजोल्युशनसहितको डिस्प्ले रहेको यो डिभाइसमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर उपलब्ध छ। पछाडि ६४ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप दिइएको छ भने अगाडि ३२ मेगापिक्सेलको पन्चहोल सेल्फी शूटर राखिएको छ।

पावरका लागि ६६ वाट फास्ट चार्जिङसहितको ३८०० एमएएच ब्याट्रि यो स्मार्टफोनको रसियाका लागि भने पाउडर पिंक रंगमात्र उपलब्ध छ। यसको मूल्य ३९, ९९९ रुबल अर्थात् ५५० डलर तोकिएको छ।

TK Viber

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

Loading...