Technology Khabar २१ श्रावण २०७८, बिहीबार
काठमाडौं ।
भिडियो सेयरिङ्ग प्लेटफर्म टिकटकले गायब हुने क्लिपको फिचर परीक्षण गरीरहेको छ जुन यसअघि नै स्न्यापच्याट, फेसबुक र इन्स्टाग्रामको कार्यहरु जस्तै काम गर्दछ।
टिकटक स्टोरीज प्रयोगकर्ताहरुले फलो गरेका एकाउन्टहरुद्धारा पोस्ट गरिएको सामग्रीहरु डिलिट हुनुभन्दा पहिले २४ घन्टाको लागि हेर्न अनुमति दिने बीबीसीले उल्लेख गरेकोछ।
यो त्यसबेला आएको छ जतिबेला व्हाट्सएपले प्रयोगकर्ताहरुको लागी फोटो वा भिडियो पोस्ट अर्कोले हेरेपछि स्वतः गायब हुने सुविधा रोल आउट गर्दछ ।
यसै हप्ता मात्रै प्रतिद्वन्द्वी सोशल मिडिया प्लेटफर्म ट्विटरले आफ्नो स्टोरी गायब हुने सुविधा ‘फ्लीट’ बन्द गर्यो।
चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले बीबीसीलाई भन्यो, “हामी सधैं हाम्रो समुदायमा भ्यालू ल्याउने र टिकटकको अनुभवलाई समृद्ध बनाउने नयाँ तरिकाहरुको बारेमा सोच्दैछौं।”
प्रवक्ताले थपे, “वर्तमानमा हामी रचनाकारहरुलाई टिकटक समुदायको लागी उनीहरुको रचनात्मक विचारलाई जीवित पार्नको लागी अतिरिक्त ढाँचा दिने तरिकाहरु प्रयोग गरीरहेका छौं।”
यो सुविधा सामाजिक सञ्जाल सल्लाहकार म्याट नाभार्नाले सबैभन्दा पहिले देखेका थिए।
टिकटक सबैभन्दा पछिल्लो सामाजिक सञ्जाल हो जसले स्न्यापच्याटले शुरु गरेको फिचरलाई अंगालेको छ।
प्रकाशित: २१ श्रावण २०७८, बिहीबार