अनलाइन गेमलाई ‘आध्यात्मिक अफीम’ भनिएपछि टेन्सेन्टले नाबालिगले खेल्न पाउने समय घटायो

Technology Khabar २१ श्रावण २०७८, बिहीबार

अनलाइन गेमलाई ‘आध्यात्मिक अफीम’ भनिएपछि टेन्सेन्टले नाबालिगले खेल्न पाउने समय घटायो

गेमिङ कम्पनी टेन्सेन्टले आफ्नो कम्पनीका अनलाइन गेम खेल्ने नाबालिगहरुका लागि समय सीमा निर्धारण गर्ने भएको छ।

अनलाइन गेमप्रति मानिसहरुको लगाव यसरी नै बढ्दै जाँदा सरकारले निजी क्षेत्रलाई गेमिङ व्यवसायमा संलग्न हुनबाट रोक्नसक्ने लगानीकर्ताको चिन्ता छ।

गत मंगलबार चीनको शिन्ह्वा न्यूज अन्तर्गतको इकोनोमिक इन्फर्मेशन डेली नामको अखबारले लामो लेख लेख्दै अनलाइन गेमलाई ‘विद्युतीय लागुऔषध’ तथा ‘आध्यात्मिक अफीम’ दिएको थियो। त्यसपछि केही शेयर बजारमा यी कम्पनीका शेयर मूल्य १० प्रतिशतसम्मले ओरालो लागेको थियो।

‘आध्यात्मिक अफीम हिजोआज अर्बै डलरको कम्पनीमा परिणत भएको प्रतीत भइरहेको छ,’ ‘इन्साइडर्स वार्न: वाचआउट फर द हार्म अफ अनलाइन गेम्स’ नामक लेखमा भनिएको थियो।

टेन्सेन्टले नयाँ नियम अनुसार नाबालिकहरुले अनर अफ किङ्स अब बिदाका दिनमा २ घण्टा र अन्य दिनमा १ घण्टामात्र खेल्न पाउने बताएको छ।

’१२ वर्षमुनिका नाबालिगहरुलाई यो गेममा समय बिताउन बन्देज लगाइएको छ’, कम्पनीले भनेको छ। साथै कम्पनीले गेमिङ उद्योगका सबैलाई ’१२ वर्षमुनिका नाबालिगहरुलाई अनलाइन गेम बन्देज लगाउनुका फाइदा’ शीर्षकमा छलफलका लागि आह्वान समेत गरेको छ।

TK Viber

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

Loading...