एमजीद्वारा आफ्ना गाडीहरुमा विशेष कनेक्टेड प्रविधिका लागि जियोसँग साझेदारी

Technology Khabar २१ श्रावण २०७८, बिहीबार

एमजीद्वारा आफ्ना गाडीहरुमा विशेष कनेक्टेड प्रविधिका लागि जियोसँग साझेदारी

काठमाडौं ।

एमजी मोटरले भारतीय बजारमा आफ्ना गाडीहरु अझ एडभान्ड कनेक्टेड कार टेक्नोलोजीसँग जोड्न टेलिकम कम्पनी जियोसँग साझेदारी गरेको छ।

अब यी दुई कम्पनी भारतीय एसयूभी बजारमा अत्याधुनिक ‘कनेक्टेड कार सोल्युशन’ ल्याउनका लागि मिलेर काम गर्नेछन्।

एमजी मोटर इन्डियाले भारतीय बजारमा हेक्टर, हेक्टर प्लस, ग्लोस्टरतथा जेडएस इलेक्ट्रिक एसयूभी जस्ता मोडलका गाडी बिक्री गर्दै आइरहेको छ।

अब कम्पनीले आफ्ना भविष्यमा आउने कमोडलहरुमा जियोको इन्टरनेट अफ थिङ्स  सिमलेस इन्टिग्रेशन प्रविधिकोप्रयोग गर्नेछ।

एमजीको मिड-साइज़ एसयूभीका ग्राहकहरुले महानगरमा मात्र नभइ साना शहर तथा ग्रामीण क्षेत्रहरुमा समेत उच्च गुणस्तरको कनेक्टिभिटीका साथै जियोको उत्कृष्ट इन्टरनेट आउटरिचको लाचसमेत प्राप्त गर्ने कम्पनीको दावी छ।

भारतको पहिलो कनेक्टेड एसयूभी हेक्टर

हिजोआज भारतीय बजारमा नयाँ नयाँ गाडीहरुमा कनेक्टेड प्रविधिको प्रयोग गर्ने होड नै चलेको छ। एमजीले भने आफ्नो एसयूभी हेक्टरलाई भारतीय बजारमा पहिलो इन्टरनेट कारका हिसाबले प्रस्तुत गर्ने बुझिएको छ।

जियोको यो कनेक्टेड भेहिकल सोल्युशन हार्डवेयर, सफ्टवेयर तथा कनेक्टिभिटीको एउटा संगम हो जसले यूजरलाई गाडीहरुसम्म तथा अन्य व्यक्तिलाई ट्रेन्डिङ इन्फोटेन्मेन्टका साथै रियल-टाइम टेलिम्याटिक्ससम्म पुगन सक्षम बनाउने कम्पनीको बुझाइ छ।

Global Bank
easy care

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

ताजा समाचार