Technology Khabar २१ श्रावण २०७८, बिहीबार
काठमाडौं ।
रुसको अर्थ मन्त्रालयले आन्तरिक माग र उत्पादनलाई बढावा दिन घरेलु निर्मित इलेक्ट्रिक भेहिकल (ईभी) को खरिदमा सब्सिडी दिने योजना गरेको बताएको छ।
तेल र ग्याँस उत्पादक देशमा इलेक्ट्रिक कारको उपयोगमा यूरोपभन्दा धेरै पछाडि छ र कुनै ईभी रूसमा बन्दैनन्, तर सरकार महत्वाकांक्षी उत्पादन योजनामा छ र यस क्षेत्रलाई बढावा दिनको लागी वित्तीय प्रोत्साहनमा विचार गरीरहेको रोयटर्सले उल्लेख गरेकोछ।
अघिल्लो वर्ष रुसमा संचालित ४ करोड ५० लाख कारहरु मध्ये केबल ११,००० मात्र ईभी थिए र ती मध्ये अधिकांश कारहरु पुन प्रयोग गरीएका थिए।
इलेक्ट्रिक कारहरु परम्परागत इन्टरनल कम्बस्टन भेहिकलहरु भन्दा धेरै महँगो भएको कारण, सो अनुदान रूसी निर्मित ईभीएसलाई अधिक किफायती बनाउनको लागी भएको अर्थव्यवस्था मन्त्रालयका विभाग प्रमुख म्याक्सिम कोलेसनिकोभले रोयटर्सलाई बताए।
अनुदानको माध्यमबाट, सरकारले कुनै पनि रूस निर्मित इलेक्ट्रिक कारको खरीद मूल्यको २५ प्रतिशत कभर गर्नको लागी अधिकतम ६ लाख २५ हजार रूबल अनुदान दिने योजना सम्भवतः अर्को बर्षबाट शुरू गर्ने उनले भनेका छन्।
रसियाले २०३० सम्म २ लाख २० हजार युनिटको वार्षिक इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने लक्ष्य राखेको छ र अधिकारीहरुले भनेका छन् कि विदेशी अटो निर्माताहरुले स्थानीय स्तरमा मोडेल उत्पादन गर्न चासो देखाएका थिए।
इलेक्ट्रिक भेहिकल (ईभी) को ठूलो प्रयोगले रुसलाई कार्बन घटाउने लक्ष्य पूरा गर्न पनि मद्दत पुर्याउँछ। यो देश २०१९ मा पेरिस जलवायु सम्झौतामा सामेल भयो र सन् २०३० सम्म उनीहरुको १९९० को स्तरको ७० प्रतिशत उत्सर्जनमा कटौती गर्ने लक्ष्य राखिएको छ।
प्रकाशित: २१ श्रावण २०७८, बिहीबार