एम१ र स्टारहबको साझेदारीमा सिंगापुरमा स्ट्यान्डअलोन फाइभजी परीक्षण शुरु

Technology Khabar २१ श्रावण २०७८, बिहीबार

एम१ र स्टारहबको साझेदारीमा सिंगापुरमा स्ट्यान्डअलोन फाइभजी परीक्षण शुरु

सिंगापुरको दूरसञ्चार प्रदायक एम१ तथा स्टारहबले बिहीबार संयुक्त रुपमा स्ट्यान्डअलोन फाइभजी सेवाको परीक्षण शुरु गरेको बताएका छन्।

यो सेवाको फाइदा उठाउनका लागि यूजरहरुसँग सामसङ एस२१ फाइभजी, सामसङ ग्यालेक्सी एस२१+ फाइभजी वा ग्यालेक्सी एस२१ अल्ट्रा फाइभजी डिभाइसका साथमा फाइभजी सिम हुनु जरुरी छ।

स्टारहबले आफ्ना मोबाइल+ तथा बिज+ उपभवक्ताहरुलाई फाइभजी नेटवर्कमा जोड्न शुरु गर्ने बताएको छ।

एम१ ले यो स्ट्यान्डअलोन नेटवर्क एलटीईभन्दा १० गुणा तथा गैर- स्ट्यान्डअलोन फाइभजीभन्दा ४ गुणा छिटो चल्ने दावी गरेको छ।

कम्पनीले यो स्ट्यान्डअलोन फाइभजी सेवाको परीक्षणमा सहभागीहरुले विश्वकै पहिलो भ्वाइस ओभर फाइभजी रेडियो नेटवर्क भीओएनआर सेवा प्रयोग गर्न पाउने बताएको छ। एम१ ले यो सेवालाई ‘ट्रु फाइभजी’ भन्ने नाम दिएको छ।

परीक्षणका साथमा स्टारहबले १३ स्थानमा १९ अन्तरराष्ट्रिय नेटवर्कहरुमा फाइभजी रोमिङ सेवा उपलब्ध गराउने बताएको छ।

सन् २०२० उक्त शहरमा फाइभजी लाइसेन्स खुलाएको बेला यी दुवै दूरसञ्चार प्रदायकहरुले संयुक्त रुपमा आवेदन दिएका थिए।

यसै महिनाको शुरुवातमा स्टारहबले चोरी गरिएका सेट टप बक्स छोडेर स्टारहब टीभी+ बक्सका ग्राहक बन्नेलाई १२० सिंगापुर डलर बराबरको छुट दिएको थियो। उक्त रकम यो सेवाको २४ महिनाको शुल्क बराबर हुन आउँछ।

TK Viber

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

Loading...