‘म्यान इन द मिडल अट्याक’ भनेको के हो र यसबाट कसरी बच्ने, यस्तो छ नियमकारीको सुझाब

Technology Khabar २१ श्रावण २०७८, बिहीबार

‘म्यान इन द मिडल अट्याक’ भनेको के हो र यसबाट कसरी बच्ने, यस्तो छ नियमकारीको सुझाब

विश्वभर साइबर आक्रमण र ह्याकिङ्गका घट्नाहरु दिन प्रतिदिन बढिरहेका छन् । त्यसको लागि ह्याकरहरु र साइबर आक्रमणकारीहरुले विभिन्न उपाय र तरीकाहरु अपनाउने गरेका छन् । यसैबिच पछिल्लो दिनमा म्यान इन द मिडल अट्याक समेत हुने गरेको छ ।

कुनैपनि जानकारी आदानप्रदान गरिरहेको बेलामा हुने यस्तो आक्रमणले दुबै पक्षलाई असर पार्दछ । जानकारी पठाउने र जानकारी प्राप्त गर्नेको बिचमा तेस्रो पक्ष अर्थात ह्याकरले प्रवेश गरी पठाउनेको सबै सूचना र जानकारी प्राप्त गर्नेक्रम बढेको छ ।

यस्तो प्रकारको ह्याकिङ्ग र आक्रमण निकै हुने गरेपछि हामीमध्ये धेरैलाई यस बारेमा कम मात्र जानकारी छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै आफ्नो साइबर सुरक्षा जनचेतना बारे सचेत गराउँदै म्यान इन द मिडल अट्याक (Man in the Middle Attack: MITM) को बारेमा बिस्तृत जानकारी र सुरक्षित हुने उपायहरु बताएको छ ।

हेरौं म्यान इन द मिडल अट्याक भनेको के हो र यसबाट कसरी बच्न सकिन्छ।

Cyber-Security-Advisory-MITM
TK Viber

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार

Loading...